पिल्सको अति प्रयोग गर्ने महिलालाई यस्ता असर देखिन सक्छ

pills effect

टाउको दुख्ने तथा माईग्रेनको समस्या :

हर्मोनको उचारचडावका कारण टाउको दुख्ने तथा माईग्रेनको समस्या हुनसक्छ । कतिपय पिल्सहरुले शरीरमा एस्ट्रोजनको लेभल घटाइदिन्छ जसले टाउको दुख्ने समस्या सुरु हुन्छ । यदि तपाँई तपाँईमा यस्तो समस्या आएको छ भने तत्काल चिकित्सकलाई देखाउनुस र खाइरहेको पिल्सहरु बदल्नुपर्छ ।

लठ्याउन सक्छ :

यदि तपाईलाई पिल्स खाएपछि लठ्ठ पारेको जस्तो महसुस हुन्छ भने बेलुका खाना खाने बेलामा वा सुत्ने बेला भन्दा पहिले प्रयोग गर्नु उचित हुन्छ । पिल्स खाँदा जहिले पनि एउटैसमयमा खानु राम्रो हुन्छ । यसले कम साइडइफेक्ट हुने बताइन्छ ।

स्तन सुन्निनु वा कडापन आउनु :

पिल्सको प्रयोग गर्ने महिलाको स्तनमा कहिलेकाहि सुन्निने तथा कडापन आउन सक्छ । तर यस्तो समस्या केही समय पछि हराएर जानसक्छ । यो हुनुको कारण हर्मोनमा देखिने गडवडी नै हो । यस्तो बेलामा कफी तथा नुनको मात्रा घटाउनु राम्रो हुन्छ । त्यस्तै सपोर्टवाला ब्रा लगाउन राम्रो हुन्छ । तर यदि छाती दुख्छ , सास लिन गाह्रो हुन्छ भने तत्काल डाक्टरको सल्लाह लिनुपर्छ ।

महिनावारीका बेला असामान्य किसिमले रगत जाने :

पिल्स लिएको दुई वा तीन महिनाको बीचमा महिलाको महिनावारीका बेला असामान्य रुपमा रगत बग्छ । हर्मोन बढाउने पिल्स लिदा पाठेघरमा एन्डोमेट्रियलको लाइनिङ कमजोर भई झर्न सक्छ जसका कारण असामान्य रुपमा रगत बग्न शुरु हुन्छ । तर तपाइले पिल्स लिइसकेपछि पाँच दिनसम्म तथा सो भन्दा बढी दिनसम्म रगत बगिरहेमा डाक्टरको सल्लाह लिनु पर्छ ।

तौल बढ्छ :
पिल्सको खाएको हप्ता महिनादिन पछि नै शरीरको तौल बढदै जान्छ । तर यो वाटर रिटेन्सनको कारणले हुने गर्छ पछि हराएर जान सक्छ । गर्भ रहन नदिनका लागि भन्दै पिल्समा अत्यधिक मात्रामा एस्ट्रोजन राखिएको हुन्छ । जुन तौल बढाउने काम गर्छ । यसले खासगरि महिलको जाँघ, हिप तथा स्तन बढेको देखिन्छ ।

योनीमा इन्फेक्सन : 

बढी पिल्स प्रयोग गर्ने महिलामा योनी दुख्ने पाल्ेन तथा इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । यो रोग त्यस्ता महिलामा अझ बढी हुन्छ जो महिलामा मधुमेह छ । चिनी तथा रक्सीको अत्यधिक सेवन गर्नेमा पनि इम्युन सिस्टम कमजोर हुन्छ ।

मुडमा परिवर्तन :

पिल्सको असर शरीरिक रुपमा मात्रै होइन कहिले काही मानसिक रुपमा पनि देखिन्छ । कहिलेकाँही डिप्रेसनको बाटोमा समेत लैजानसक्छ । किनकी सिन्थेटिक हार्मोनले मस्तिस्कको नसामा असर गर्छ । यदि तपाँईको घरमा कसैलाई डिप्रेसन छ भने अरुलाई पनि हुनसक्छ । त्यसैले डाक्टरलाई सबै कुरा भन्नुपर्छ ।

आँखाको ज्योतिमा परिवर्तन :

त्यो महिला जसले सुरु देखिनै चस्मा लगाउछिन् , उनले गर्भनिरोधक चक्की पिल्स खाँदा आँखामा असर पर्न सक्छ । हर्मोृनको कारणले आँखाको डील सुनिन्छ सक्छ । जसले समस्या हुन्छ ।

यौन इच्छामा कमी :

कतिपय महिलाहरुमा पिल्सको सेवनले यौन इच्छामा समेत कमी देखिन्छ । यो हर्मोन बढाउने चक्की भएकोले टेष्टोस्ट्रोनको उत्पादन रोक दिन्छ । यसले यौनजीवनमा समेत असर पर्छ । कहिलेकाही सेक्सको समयमा दुखाई समेत हुन्छ ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *