गर्भवती अवस्थामा परिवारको भूमिका

छब्बिस बर्षीया आशा जोसँग मेरो ‘फिल्ड’ गएका बेला चिनजान भएको थियो । त्यसबेला उनले आफू गर्भवती भएको बताएकी थिइन् । १६ वर्षको उमेरमै विवाह गरेकी उनको यसअघि नै दुई छोरी थिए । श्रीमान र परिवारले छोराको आशा गरेका कारण यसपटक तेस्रो सन्तानको तयारीमा थिइन् ।

- विष्णु परियार
– विष्णु परियार

तीनदिन अघि आएको एउटा परिचित फोनले अनायासै मलाई स्तव्ध बनायो । ति आशा जो परिबारको सुखको लागि तेस्रो गर्भ बोक्न तयार थिइन् उनको रुखबाट लडेर मृत्यु भएछ । त्यतिवेला उनको पेटको गर्भ आठ महिना पुगिसकेको थियो । गर्भवति हुँदाको अन्तिम समयमा कसरी रुखबाट लडिन होला म सोचमग्न भएँ ।

अनि पुन परिचित व्यक्तिलाई फोन डायल गरि बुझ्न पट्टी लागेँ । उत्तर सहज आयो घाँस झार्न भन्दै रुखमा चढ्दा खुट्टा चिप्लियो भारी जीउ थाम्न सकिनन अनि लडि हालिन् र ठहरै मृत्यु भयो । यो खबर ले झनै पिडा दियो मलाई । विचरा उनी त गईन गईन यो धर्तीमा आउने तयारीमा रहेको अवोध शिशुको पनि अन्तिम अवस्थामा ढोका बन्द भयो । अर्थात उसले जन्मलिनै पाएन् ।

मेरो मनमा प्रश्न उब्जियो, यो दोश कसको हो ? तिनै आशाको हो ? छोराको आशा गर्ने परिबारको हो ? वा राज्यको हो ? छोरीलाई पराइ ठान्ने हाम्रो समाज, गर्भवतीको रेखदेखको दायित्व बिर्सने श्रीमान र परिबार जनतालाई गर्भवती अवस्थामा अपनाउनुपर्ने सुरक्षा र सतर्कताबारे यथोचित जानकारी नदिने राज्य दोशी होइन ?

मलाई लाग्छ यसमा सबै पक्ष दोशबाट मुक्त छैनन् । यिनीहरुकै कमजोरीका कारण आज सयौँ आशाहरु अकालमा ज्यान गुमाउन बाध्य छन् ।
गर्भअवस्थामा पाउनुपर्ने न्युनतम स्याहार, पौष्टिक आहार, आराम जस्ता कुराको कमीले आशाजस्ता सयौँ गर्भवती महिलाहरुले ज्यान गुमाउन विवश छन् । जन्मनै नपाएका सन्तानहरु गर्भमै इहलिला समाप्त गर्न बाध्यछन् । आहार विहार पोषणको कमिले कतिपय अपांगता भएका बच्चा जन्माउन बाध्य छन् ।

एउटी महिला गर्ववती भएदेखी स्वस्थ गर्भवती, स्वस्थ सुत्केरी र सुत्केरी पछिको आमा र वच्चाको सुरक्षीत स्वास्थ्यलाई सुनिश्चितता गर्नुपर्ने हुन्छ । यस्तो सुनिश्चिताले गर्भवतीको सम्भावित खतराबाट जोगाई आमा र वच्चाको मृत्युदरलाई घटाऊन सहयोग पुग्छ ।

के पुरा होला त दोस्रो दीर्घकालिन योजना ?

नेपालले देशको दोश्रो दिर्घकलिन स्वास्थ्य योजन २०५४÷२०७४ मा पनि सुरक्षित मातृत्व कार्यक्रम पहिलो प्राथमिकताको कार्यक्रम अन्तर्गत राखेको छ । सुरक्षित मातृत्व, मातृ मृत्यु र शिशु मृत्यु तथा आमा र नवजात शिशु र बच्चाको बारेमा सम्बन्धीत धेरै खोज र अनुसन्धानहरु भईरहेका छन् ।

दोस्रो राष्ट्रिय दीर्घकालिन योजनाले पनि मातृमृत्युदर सन् २०१७ सम्ममा १ सय ३४ प्रति लाख सम्म घटाउने लक्ष्य लिएर काम गरिरहेको छ । जस अन्तर्गत समुदायमा आधारित आधारभूत मातृ तथा नवजात शिशु र बच्चाको बिरामीपन ब्यवस्थापन कार्यक्रम स्वास्थ्य चौकीस्तर सम्म सुत्केरी कक्ष स्थापना, तालिम प्राप्त प्रसुतिकर्मीद्धारा सुत्केरी गराउने, न्यानो झोला, गर्भवती जाँच (प्रोटोकल अनुसार ४, ६, ८, ९, महिनामा ) गर्भवती जाँच र अस्पतालमा सुतकेरी भए वापत भत्ताको व्यवस्था कार्यक्रमहरु प्रभावकारी रुपमा चलिरहेका छन् ।

त्यस्तै विभिन्न संघसंस्थाहरुको सहयोगमा शैक्षिक जनचेतनामुलक सामुदायिक कार्यक्रमहरु संचालन भैरहेका छन् । के यिनै कार्यक्रम मात्र प्रयाप्त होलान त । तर यिनै कार्यक्रममात्र प्रयाप्त हुँदैन । राखेको लक्ष्य अनुसार उपलब्धी हासिल गर्न धेरै मेहनत गर्नुपर्ने हुन्छ ।

परिवारले के गर्न सक्छ ?

मातृ तथा शिशु स्वास्थ्यमा परिवारको सहयोगको साथमा गर्भवती महिलाको आनिवानी पनि महत्वपूर्ण हुन्छ । पोषणयुक्त खानाको व्यवस्था गर्ने , स्वास्थ्य सेवाको खोजी नीति गर्ने, दैनिक कार्यमा सहयोग पुरयाउने काममा पनि परिबारको सहयोग हुनुपर्छ ।

गर्भवती महिलाले के खान हुने, कस्तो खाना खुवाउने तथा के खान नहुने वा कस्तो खाना खुवाउन नहुने भन्ने बारेमा पनि ख्याल गर्नुपर्छ । कतिपय समयुदायमा मध्यपान तथा धूमपानको सेवन गर्ने समेत चलन हुन्छ यस्तो बेलामा यी दुबै आमा र बच्चाका लागि खतरा हुन् भन्ने कुरामा पनि परिबारले ध्यान दिनुपर्छ ।

हुन त स्वस्थ बच्चा जन्मनका लागि खानपान, जीवनशैली र नियमित रुपमा गरिने गर्भवती जाँचले पनि निर्भर गर्दछ । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार विश्वभरिमा २००५ देखि २०१२ सम्ममा ५५% गर्भवती महिलाले मात्र गर्भ परीक्षण गराएका थिए ।

गर्भवती अवस्थामा शिशुको वृद्धि विकासमा आमाको पेशा तथा कामको बोझले धेरै ठूलो असर गर्दछ । तनाव कार्य बोझ, आरामको कमीले गर्भवती महिलामा शारीरिक शिथिलता र स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु उत्पन्न हुने गर्दछन् । त्यसकारण यस्ता व्यवहारिक कुरामा परिवार सहयोगी हुन सक्छ ।

देखिएका केहि सकारात्मक संकेत 

सहश्राव्दी विकास लक्ष्य २०१५ अन्र्तगतको पाचौँ लक्ष्यमा पनि मातृमृत्यु दरलाई घटाउने कुरामा जोड दिइएर कार्यक्रमहरु संचालन र सम्पादन भएका छन् । विश्वको एक अध्ययन अनुसार सन् २००४ सम्म विश्वमा मातृत्व सम्बन्धी कारणले मात्रै ५ लाख ३० हजार महिलाको मृत्यु हुने गथ्र्यो र ४० लाख नवजात शिशुको । अहिले आएर यो दरमा निकै कमी आएको छ । सन् २०११ को प्रतिवेदनले मातृ मृत्यु दर १७० प्रति लाख रहेको देखाएको छ ।

नेपालकै कुरा गर्ने हो भने स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७१÷७२ मा गर्भ जाँचको दर लक्षित गर्भवतीमा ९६% पुगेको देखाएको छ । यो एकदमै सकरात्मक पक्ष हो ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने दर ५७% पुगेको छ । जब कि यो दर पोहोर साल ५०% मात्रै थियो । सुरक्षित गर्भपतन पनि जम्म सेवा ग्राही मध्ये ५०% ले मात्र पाएका छन् । जस मध्ये २०७१/७२ सालमा १५.३% सेवा ग्राही किशोरीहरु थिए । नेपालको स्वास्थ्य निति २०७१ ले पनि मातृ तथा शिशु स्वास्थ्यलाई समेटेको छ ।

  • जन स्वास्थ्य विषयकी विद्यार्थी परियार हाल सरनथली स्वास्थ्य चौकी काभ्रेमा कार्यरत छिन ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *