सरकारी अस्पतालमै छैन मापदण्ड अनुसारको आइसियू ( कुनअस्पतालमा कति ?)

काठमाडौँ, १४ साउन – सरकारले विशेषज्ञ सेवा दिने र शल्यक्रिया गरिने अस्पतालहरुमा पाँच देखि १० प्रतिशतसम्म आइसियू ( क्रिटिकल केयर युनिट) का लागि हुनुपर्ने नियम बनाएको छ । तर राजधानीमा सञ्चालनमा रहेका अधिकांश सरकारी केन्द्रीय अस्पतालमा त्यस्तो मापदण्ड नभएको पाइएको छ ।

सरकारले केन्द्रीय अस्पताल भनेर तोकेको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा आइसियूको एउटा बेड छैन् । आइसियू कक्ष प्रयाप्त नहुँदा जटिल अवस्थाका विरामीहरु निजी अस्पतालमा महंगोशुल्कमा उपचार गर्न बाध्यछन् ।

icu bed

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धी निर्देशिका २०७०ले कुनै पनि अस्पताल सञ्चालन गर्न कुल बेडको ५ देखी १० प्रतिशत बेड आइसियूको हुनुपर्ने उल्लेख छ । तर कुनै अस्पतालमा सो मापदण्ड लागू भएको पाइएको छैन् ।

प्रयाप्त बेड नहुँदा विरामीहरु निजीमा जान बाध्य छन् । कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझी रेफरल अस्पताल भएको हुँदा बाहिरबाट आइसियुकै लासग आउने तर यहाँ नपाउने भएका कारण निजी अस्पतालमा जान बाध्य भएको स्वीर्काछन् ।

देशकै पुरानो बीर अस्पतालका निर्देशक प्राडा स्वयंप्रकाश पण्डित पनि सरकारी अस्पतालमा प्रर्याप्त आइसियू नहुँदा बिरामी निजी अस्पतालमा जान बाध्य भएको बताउछन् । ‘देशको कुनाकाप्चाबाट जटिल रोगका विरामी केन्द्रीय अस्पतालमा ल्याइन्छ तर आइसियूमा थोरै बेड हुँदा यहाँ आएर निजीमा जानुपर्ने बाध्यता छ,’ उनले भने ।

आजको नयाँ पत्रिकामा भिषा काफ्लेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *