चिकित्सक संघको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम टुंगो लाग्यो

name list dr copy

काठमाडौँ, १३ साउन – आगामी भदौको तेस्रो साता सम्पन्न हुने नेपाल चिकित्सक संघको निर्वाचनमा २७ जना उम्मेदवारहरु भिड्ने भएका छन् । तोकिएको समयसम्म कसैले उम्मेदवारीे परिवर्तन नगरेपछि पुरै २७ जनानै चुनावी मैदानमा भिड्ने भएका हुन् ।

निर्वाचन समितिमा गत मंगलबार उम्मेदवारी दर्ता गरेका चिकित्सकहरुका लागि उजुरी दावी विरोध र उम्मेदवारी फिर्ता लिने समय आज ( बिहीबार ) दिउसो ३ बजेसम्म तोकिएको थियो ।

निर्वाचन समिति संयोजक डा. धनबहादुर रानामगरले उम्मेदवारी दिएका कसैले पनि फिर्ता नलिएको र उजुरी समेत नपरेपछि दरखास्त दिएका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको बताए । उनले उम्मेदवारहरुको अन्तिम टुंगो लागेपछि आजबाट प्रचार गर्न सक्ने समेत बताए ।

तीन बर्षे कार्यकालका लागि संघको निर्वाचन आगामी १७ र १८ भदौमा उपत्यका बाहिरका १५ वटा शाखामा र २१ देखी २५ भदौमा केन्द्रीय कार्यलयमा हुनेछ ।

निर्वाचन संयोजक डा. रानाले यसपटकको निर्वाचनका लागि ५ हजार ३०५ जना चिकित्सक रहेको बताए । यसपटकको निर्वाचनमा एउटा प्यानलको नेतृत्व संघका निवर्तमान महासचिव डा. मुक्तिराम श्रेष्ठले गरेका छन भने अर्को प्यानलको नेतृत्व डा. रमेश ढकालले गरेका छन् । डा. ढकालको प्यानलमा युवा चिकित्सकहरु उठेका छन भने श्रेष्ठ प्यानलबाट महत्वपूर्ण पदमा पुरानै अनुहार दोहोरिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *