यी हुन् टुथपेष्टका नौँ फाइदा

Toothpaste cascades from the tube.

टुथपेष्ट बिशेष गरी दाँत सफा गर्न प्रयोग गरिन्छ । यसले दाँतलाई चमकदार, सेतो र सफा गराउँछ । यति मात्र नभई टुथपेष्टले अन्य बिभिन्न कार्यहरुमा पनि फाइदाजनक हुने पाइएको छ ।

१. छालाको कुनै भाग पोलेमा टुथपेष्ट तुरुन्त लगाउने भने पोलेको भाग निको हुँदै जान्छ ।

२.  टुथपेष्टलाई रातभरी त्वचामा लगाएर राख्नाले त्वचालाई चकमदार बनाउँछ ।

३.  कपडामा भएका दागहरु मेटाउनु छ भने यसलाई दाग भएको ठाउँमा लगाएर धुने गर्नाले कपडा सफा हुनुका साथै दागहरु मेटिन्छ ।

४.  तपाइँको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक देखिन्छ ।

५.  यसको प्रयोगले मुहारको सुन्दरता बढाउनमा पनि मद्दत गर्छ । टुथपेष्टलाई कागतिको रसमा मिलाएर पेष्ट बनाएर लगाउनाले त्वचामा चमक आउनुका साथै डार्क स्र्कल्स मेटाउनमा मद्दत गर्छ ।

६.  गरगहना सफा गर्नमा पनि यसलाई उत्तिकै प्रयोग सकिन्छ । टुथपेष्टले फोहर तथा मैला भएका गरगहना धुने गर्नाले सफा हुन्छ ।

७.  बच्चका दुध राख्ने बोतल होस् या पानीका बोतल, यसलाई पनि टुथपेष्ट र पानी राखेर सफा गर्नाले बोतलहरु सफा हुन्छ । र बोतलमा भएका दुर्गन्ध हटाउन मद्दत गर्छ ।

८.  हात तथा खुट्टाका नङ चम्काउन तथा सफा गर्न मद्दत गर्छ ।

९.  बाथरुममा भएको ऐना तथा सिसा सफा गर्न पनि सकिन्छ । यसले सिसामा लागेका पानीका तथा साबुन, स्याम्पुका दागहरु हटाउन मद्दत गर्छ र सिसालाई चम्किलो बनाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *