व्लड बैंकको स्वर्णजयन्ती समारोहमा भाडभैलो, रेडक्रस पदाधिकारी माथिनै बोत्तल प्रहार

काठमाडौँ, १२ साउन – उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि भएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकको स्वर्ण जयन्ती समारोहमा भाडभैलो भएको छ । बीचमा मन्तव्य दिएर उपराष्ट्रपति पुन कार्यक्रमस्थलबाट बाहिरिए लगत्तै रक्तदाताहरुले कार्यक्रम भाडिदिएका हुन् । रक्तदाताहरुको आक्रोशित भिडले होहल्ला सहित पानीका बोत्तल प्रहार गरेपछि आयोजकको भागाभाग भएको थियो ।

५० बर्ष पुगेको उपलक्ष्यमा नेपाल रेडक्रसले आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैकको स्वर्ण जन्यन्ती मनाउदै थिए । प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन थिए । उपराष्ट्रपति पुनको छोटो समयका बीचमा आयोजकले लापरबाहीपुर्वक आफ्ना कार्यकर्ता र नजिकका नातेदारलाई पुरस्कार तथा सम्मानपत्र वितरण गराउन थाल्यो । तर रक्तदान अभियानलाई हरदम चलाउदै आएका स्वयंसेवी रक्तदाताहरुलाई भने पूर्णरुपमा बेवास्ता गरयो ।

आयोजकले रक्तदान कार्यमा योगदान पुरयाएकाहरुलाई उपराष्ट्रपतिको हातबाट सम्मान दिनुपर्नेमा आफन्त र नातागोताहरुलाई मात्रै सम्मान दिलाएको भन्दै रक्तदाताहरुले कार्यक्रममा भाडभैलो मच्चाएका हुन् । उनीहरुले रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा व्लड बैकका निर्देशक डा मनिता राजकर्णिकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

रक्तदाताहरुले पानीका बोतल र मन्चमा सजाइएको गमला समेत फुटाइदिएका थिए । पछि स्थितिलाई सम्हाल्न प्रहरी परिचालन गरिएको थियो । आक्रोशित कार्यकर्ताले नाराबाजी सहित पानीका बोत्तल तथा गमलाहरुले नै हान्न थालेपछि अध्यक्ष थापा , महामन्त्री धाख्वा तथा निर्देशक राजकर्णीकारहरु भागेका थिए । उनीहरु भागेपछि कार्यक्रम सम्पन्न हुनै पाएन् ।

विरोधमा सहभागी सामुदायिक सेवा केन्द्र ३१ नम्वर वडाका सचिव ध्रुब खड्गीले रक्तसञ्चार सेवामा कटिवद्ध आफ्ना जस्ता संस्थाका प्रतिनिधी तथा रक्तदाताहरुलाई बोलाएर अपमान गरेकोले विरोध गरेको बताए । उनले भ्रष्टाचारको दलदलमा फसेका रेडक्रस नेतृत्वले आफूहरुमाथि चरम अपमान गरेपछि विरोध गरेको बताए ।

रेडक्रसका केन्द्रीय अध्यक्ष थापाले भने प्राविधिक कारण र तयारीमा केही कमजोरी भएका कारण घटना घटेको बताए । ‘हामीलाई पनि आयोजक र सहभागीबीचमा केही तालमेल मिलेन जस्तो लागेको छ त्यसैले यस्तो भयो कि उनले भने जे नहुनुपर्ने थियो त्यो भयो ।’ हो हल्ला गरेपछि स्वर्णजयन्ती समारोह समापन नै नभई सकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *