बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटललाई ३०० शैयाको अनुमति

b & cझापा १२ साउन – बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय शैयाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ ।

स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० ९पहिलो संशोधन २०७१० बमोजिम मन्त्रिस्तरीय निर्णयबाट तीन सय शैया सञ्चालनको अनुमति पाएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए ।

अस्पताल परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक प्रसार्इंले पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै शैयाको अस्पतालको स्वीकृति पाएको दाबी गरे ।

विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *