नवौँ र एघारौँ तहमा दुई चिकित्सक बढुवा

lok sewa aayog

काठमाडौँ, ११ साउन – लोकसेवा आयोगले दुई जना चिकित्सकलाई क्रमश नवौँ र एघारौँ तहमा बढुवा गरेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट नवौँ तहमा बढुवा हुनेमा डा दिनेश चापागाँई रहेका छन् ।उनी स्वास्थ्य सेवा कन्सलटेन्ट कार्डियोथारासिक सर्जन पदमा छनौट बढुवा भएको लोकसेवा आयोगले जनाएको छ ।

त्यस्तै प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन पद एघारौँ तहमा डा पंकज राय बढुवा भएका छन् । उनी पनि रिक्त पदका लागि खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *