चिकित्सक संघको निर्वाचनका लागि २७ जनाको उम्मेदवारी (नामसूची सहित)

name list dr copy

काठमाडौँ, ११ साउन -डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारणी समिति २०७२ – ०७५ कार्याकालका लागि आगामी भदौमा हुने निर्वाचनका लागि दुईवटा प्यानलबाट २७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्ने आज अन्तिम समयसम्म सो उम्मेदवारी परेको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि डा. मुक्तिराम श्रेष्ठ र डा. रमेश ढकालको उम्मेदवारी परेको छ । श्रेष्ठ बर्तमान समितिका महासचिव हुन् । प्रोफेसन इन्क्लुसिभ प्यानल गठन गरि उम्मेदवारी दिएका ढकाल शंकरापुर अस्पतालका चिकित्सक हुन् ।

बरिष्ठ उपाध्यक्षमा डा. ढुण्डीराज पौडेल र डा. सन्तोष पौडेलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा डा. मुकुन्द दहाल, डा. शिबेन्द्र झाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि भने तीन जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा डा. लोचन कार्की, डा अजयकुमार मिश्र र डा. पुष्पमणी खरेल छन् । डा. खरेल स्वतन्त्ररुपमा उम्मेदवारी दिएको बुझिएको छ ।

कोषाध्यक्षमा डा. रश्मीप्रसाद यादव र डा. रक्षा श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्ते सहसचिवमा डा. अभिमन्यु झा र डा. शैलेशमणी पोखरेल तथा सहकोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. समिर शर्माले उममेदवारी दिएका छन् ।

६ जना सदस्य पदका लागि दुई प्यानलबाट १२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा डा. यज्ञराज सिग्देल, डा. अशोक श्रीपाइली, डा. सुजया गुप्ता, डा. अमल बस्नेत, डा. अवदेशकुमार साह, डा. महेश महासेठ रहेका छन् । त्यस्तै डा. विश्वराज दवाडी, डा. अनिल विक्रम कार्की, डा. कृष्णप्रसाद पौडेल, डा. शैलेश प्रधान, डा. सञ्जीव तिवारी र डा. बद्री रिजालले पनि सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

निर्वाचन समिति संयोजक डा. डीबी रानाका अनुसार उम्मेदवारको नामावली ११ गते प्रकाशित गरेपछि १२ र १३ साउनमा दावी विरोध गर्ने र १३ गते ३ बजे अन्तिम नामावली प्रकाशित गर्ने तयारी भएको छ ।

तीन बर्षे कार्यकालका लागि शाखा कार्यालयहरु भएको १५ स्थानमा १७ र १८ भदौमा तथा केन्द्रीय कार्यालयमा २१ भदौ मंगलबार देखी २५ भदौ शनिबारसम्म तोकिएको छ । निर्वाचन हरेक दिन विहान ११ बजे देखी अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *