केयु हस्तक्षेपको विषयमा छानवीन गर्न ५ सदस्यीय उपसमिति गठन

susashan samiti.1JPG

काठमाडौँ, ११ साउन – व्यवस्थापिका संसदको सुशासन समितिले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिसिन तर्फ पीजी प्रवेश परीक्षामा भएको भनिएको अख्तियारको हस्तक्षेपबारे छानवीन गर्न ५ सदस्यीय उपसमिति  गठन गरेको छ ।

उपसमितिका सदस्यहरुमा उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी, पदमलाल चौधरी र मिलनकुमारी राजवंशी रहेका छन् ।

सो उपसमितिलाई सत्य तथ्य छानवीन गरि १० दिन भित्र समितिमा प्रतिवेदन बुझाउन भनिएको समितिका सभापति मोहनसिंह राठौरले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *