सुशासन तथा अनुगमन समितिको बैठकमा कसले के भने ? – अपडेट सहित

lokman
काठमाडौँ, ११ साउन – काठमाडौँ विश्वविद्यालयको परीक्षामा भएको भनिएको हस्तक्षेपको बारेमा छलफल गर्न व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले आज अख्तियार प्रमुख सहित अन्य पदाधिकारीलाई छलफलको लागि बोलाएको थियो ।

अख्तियार प्रमुख घाटीमा समस्या भएकोले उपस्थित हुन नसकेको बताए । उनको प्रतिनिधिको रुपमा अख्तियारका सचिव शान्तराम सुवेदी पुगेका छन् । उनले आफ्नो धारणा राखेपछि सांसदहरुले पनि आ आफ्ना धारणा राखिरहेका छन् ।

कसले के भने ?

सचिव सुवेदीले अघिल्लो परीक्षामा पनि धादली भएको उजुरी परेपछि छानवीनका लागि नेपाल मेडिकल काउन्सिल पठाएको बताए । उनले प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालन काउन्सिलले गरेको भन्दै आफूहरुले अनुगमन र निरीक्षणमात्रै गरेको बताएका छन् ।

उनले उजुरीका आधारमा अनुगमन र निरीक्षण गर्नु आयोगको संवैधानिक अधिकार रहेको दावी गरे । उनले आयोगले कुनैपनि क्षेत्रमा संवैधानिक अधिकार नागेर हस्तक्षेप नगरेको समेत बताए । सचिव सुवेदीले आयोगले प्राज्ञिक स्वतन्त्रता कायम गर्न र स्वायत्त निकायमा हस्तक्षेप गर्न हुँदैन भन्नेमा जानकार रहेको समेत बताए ।

बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले केयु र अख्तियारका पदाधिकारीको कुरा बाझिएको भन्दै संगैराखेर कुरा गर्नुपर्ने बताए ।
उनले महाअभियोग लगाउन भने सम्भव नभएको बताए ।

अर्का सांसद जनकराज जोशीले संगठित रुपमा संवैधानिक रुपमा बलिया संस्थालाई कमजोर बनाउने खेल भएको बताए ।

सांसद उदय नेपालीले केयु र अख्तियारकै पदाधिकारीका कुरा सुन्दा हस्तक्षेप भएको रहेछ भन्ने भान हुने बताए । त्यसैले यसको छानवीनका लागि समिति गठनको आवश्यकता भएको छ ।

अर्का सांसद नरसिंह चौधरीले अख्तियारले स्वास्थ्य क्षेत्रमा प्रवेश गर्दा ख्याल नगरेको भन्दै क्षेत्राधिकारमा रहन चेतावनी दिए ।

सांसद सुशीला नेपालले केयुजस्तो उत्कृष्ठ शिक्षा दिने ठाँउ हिजो गर्भ लाग्ने गर्दथ्यो । तर आज विवादमा परेको छ । उनले अख्तियारले हस्तक्षेप गरेको भन्ने आधार नदेखिएको भन्दै महाअभियोग लगाउन सम्भव नभएको बताइन् । तर उनले विवाद भइसकेको भन्दै एउटा छानवीन समिति बनाउन आग्रह गरिन् । उनले समिति बनाउन सभासदलाई संविधानले नै अधिकार दिएको बताइन ।

अर्का सांसद अमनलाल मोदीले कानूनको दायरामा सबैले बस्नुपर्ने भन्दै अख्तियारलाई कानूनको ख्याल गरेर अघि बढ्न सुझाव दिए । उनले केयु र अख्तियारको कुरा बाँझिएको भन्दै समिति बनाई छानवीन गर्नुपर्ने बताए ।उनले अख्तियार पछिल्लो समय बारम्बार विवादमा आउने गरेको भन्दै कार्यक्षेत्र नाघेर किन काम गर्नुहुन्छ भन्दै प्रश्न राखे । एक प्रशंगमा उनले चिकित्सा शिक्षा सुधारका लागि लडेका व्यक्ति डा गोविन्द केसीलाई किन पागल भनेको भन्दै प्रश्न गरेका थिए ।

सांसद अम्वरबहादुर थापाले अख्तियारको बारेमा पछिल्लो समय धेरै ठाँउबाट असन्तुष्टी आएको भन्दै अव जनताले फैसला गर्नुपर्ने अवस्था आउनसक्ने बताए । उनले त्यस्तो अवस्था आएमा फैसला गम्भीर हुने चेतावनी दिए । उनले प्रमुख आयुक्त नआएपनि अरु आयुक्त आउनुपर्ने भन्दै विरोध गरे । उनले अख्तियारलाई आफ्नो अधिकार क्षेत्रभित्र रहँन चेतावनी दिए ।

सांसद हर्कमान राईले अख्तियारका प्रमुख कार्कीलाई स्वास्थ्य ठिक भएपछि पुन बोलाउनुपर्ने आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *