सुशासन समितिको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की उपस्थित भएनन

lokman

काठमाडौँ, ११ साउन – स्वास्थ्यमा समस्या आएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्की व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा उपस्थित भएनन् । घाटीमा समस्या भएकोले आउन नसकेको उनले समितिलाई जानकारी गराएका छन् ।

काठमाडौँ विश्वविद्यालयमा अख्तियारको हस्तक्षेप भएको भन्दै समितिले आयोगका प्रमुख कार्की सहित पदाधिकारीहरुलाई उपस्थित हुन गत ८ साउनमा निर्देशन दिएको थियो । प्रमुख कार्कीले चिकित्सकले एक साता नबोल्न भनेकोले आफू आउन नसकेको लिखित जानकारी गराएका छन् ।

अख्तियारको विषयमा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीका कुरा बाझिएपछि समितिले अख्तियार प्रमुख सहित आयुक्तहरुलाई बोलाउने निर्णय गरेको थियो ।

केही बेर अघि कार्कीको लिखित पत्र र प्रतिनिधीसहित सचिव शान्तराम सुवेदी सहितको टोली समितिमा पुगेका छन् । बैठक सुरु भएको छ ।

यसैबीच परीक्षाका बारेमा जानकारी दिदै सचिव सुवेदीले अघिल्लो परीक्षामा पनि धादली भएको उजुरी परेपछि छानवीनका लागि नेपाल मेडिकल काउन्सिल पठाएको बताए ।

उनले प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालन काउन्सिलले गरेको भन्दै आफूहरुले अनुगमन र निरीक्षणमात्रै गरेको बताएका छन् । उनले उजुरीका आधारमा अनुगमन र निरीक्षण गर्नु आयोगको संवैधानिक अधिकार रहेको दावी गरे । उनले आयोगले कुनैपनि क्षेत्रमा संवैधानिक अधिकार नागेर हस्तक्षेप नगरेको समेत बताए ।

सचिव सुवेदीले आयोगले प्राज्ञिक स्वतन्त्रता कायम गर्न र स्वायत्त निकायमा हस्तक्षेप गर्न हुँदैन भन्नेमा जानकार रहेको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *