आठौँ अनसन आज तोड्दै डा. केसी

gkc2

काठमाडौँ, १० साउन – गत २६ असार देखि आमरण अनसन बसेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् ।

आफूले उठाएका मागका विषयमा सरकारले आइतबार राती नै सम्झौता गरेपछि डा. केसीे १६ औँ दिनपछि आज दिउसो अनसन तोड्ने भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै यसअघिसम्म ७ पटक अनसन बसेका थिए । तर उनको यो नै सबैभन्दा लामो अवधीको अनसन हो ।
डा. केसीका सहयोगी डा. बद्री भण्डारीका दिउसो २ देखी ३ बजेको बीचमा अनसन तोड्ने कार्यक्रम छ ।

त्यसअघि आफूहरुले आज पनि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गई धर्ना दिने कार्यक्रम रहेको डा भण्डारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *