सिरियाको एलेप्पोस्थित चार अस्पतालमा हवाई आक्रमण

siriya hos

लेबनान, ९ साउन –  सिरियामा सरकार पक्षद्वारा शनिबारदेखि सुरु भएको हवाई आक्रमणबाट अस्थायी रुपमा करिब दुई लाख नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएका चार वटा अस्पताल र एक रगत सङ्कलन केन्द्रको सेवा प्रभावित भएका छन् ।

आक्रमणका कारण उक्त अस्पतालमा उपचाररत दुई दिनका शिशुको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अक्सिजनको सहारामा उपचार गराइ रहेको शिशुको अस्पतालमा हवाई आक्रमण हुँदा अक्सिजन छुटेपछि मृत्यु भएको बताइएको छ । घटनापछि अस्पताल भवन भत्किएका कारण आइतबारको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

आइतबार अस्पतालमा उपचाररत बिरामीले सेवा लिन नपाउँदा समस्या सङ्कटपूर्ण भएको चिकित्सकले जनाएका छन् ।

रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *