भाटभटेनीबाट पक्राउ परेका प्रदर्शनकारीद्धारा हिरासतमै अनसन !

club

काठमाडौँ, ९ साउन – शान्तिपूर्ण विरोधमा दमन गरी आफूहरुलाई पक्राउ गरेको भन्दै डा गोविन्द केसीका समर्थक तथा चिकित्सक विद्यार्थीद्धारा हिरासतमै अनसन घोषणा गरेका छन् ।

उनीहरुले दिउसो तीन बजेबाट अनसन घोषणा गरेका हुन् । उनीहरुलाई विनासर्त रिहा गर्नुपर्ने भन्दै बाहिर समर्थक तथा विद्यार्थीहरुले सामुहिक धर्ना सुरु गरेका छन् ।

आज विहान ११ बजे टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न पुगेका समर्थक र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरि प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिषरमा पुरयाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *