अख्तियार घेराउ गर्न पुगेका केसी समर्थक र प्रहरीबीच झडप, नौ जना पक्राउ

ciaa

काठमाडौँ, ९ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न पुगेका डा केसी समर्थक र प्रहरीबीच सामान्य झडप भएको छ । सो क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा डा .सागर पोखरेल, डा. बद्री अर्याल, विशद दाहाल, मिर्जा सिद्धिकी, बिक्रम ओली, पदम जोशी, पुकार बम लगायतका छन् । अन्य केही विद्यार्थी समेत पक्राउ परेको सोलिडारिटी फर गोविन्द केसी अलायन्सले जनाएको छ ।

डा. केसीका समर्थकहरु भाटभटेनी मन्दिरबाट अघि बढ्ने क्रममा प्रहरीसंग झडप भएको थियो । डा. बद्री अर्यालका अनुसार प्रहरीले धर्नामा बसेका प्रदर्शनकारीमाथि लाठि र बुट प्रहार गरेको थियो ।

आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागका साथ झण्डै डेढसय जना समर्थक विहान ११ बजे त्रिवि शिक्षण अस्पतालबाट टंगाल तर्फ गएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *