डा. केसी र सरकारबीचको बार्ता टेलिफोनबाट !

काठमाडौँ ९ साउन – सरकार र डा. गोविन्द केसीका प्रतिनिधीबीचको बार्ता एकाएक अवरुद्ध भएको छ । दुबैपक्ष आ आफ्ना अडानबाट पछि नहटेपछि बार्ता अवरुद्ध भएको हो । अस्तिसम्म एउटै टेवलमा बसेर भएको बार्ता हिजो देखि टेलिफोनमा सिमित छ ।

सरकारी टोलीले संसद आकर्षित हुने विषय बाहेक अन्य विषयमा आफूहरुले जुनसुुकै विषयमा छलफल गर्न सक्ने बताउदै आएको छ । डा. केसी पक्षका प्रतिनिधिले संसदमा विचाराधिन रहेको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधियेक फिर्ता लिनुपर्ने अडानमा छ ।

संसदकै क्षेत्राधिकार पर्ने अख्तियार प्रमुखलाई महाअभियोग लगाउनु पर्ने भन्ने मागमा भने उनीहरुले संसदकै जिम्मामा छाडिदिएका छन् । अरु बुदामा भने लगभग सहमति नजिक पुगेको बताइएको छ ।

सरकारी बार्ताटोलीका संयोजक स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले गाँठो मनमोहन स्वाथ्य विज्ञान प्रतिष्ठानको विषयमै अड्केको बताउदै त्यसमा सहमति नहुँदासम्म बार्ता अघि नबढ्ने बताए । उनले संसदमा दर्ता भइसकेको विषयमा सरकारले केही गर्न नसक्ने भन्दै बरु समिति बनाई थप छलफल गर्नुपरेमा त्यसको लागि लविङ गर्न सकिने जानकारी दिएको बताए । ‘संसदमा दर्ता भइसकेको विधियेक फिर्ता लिन मिल्दैन् । त्यो काम संसदको हो । भनिरहेका छौँ तर उहाँहरु मान्नु भएको छैन्’ डा उप्रेतीले भने ।

उता डा. केसी पक्षले भने संसदमा दर्ता गरेको विधेयक फिर्तालिनै पर्ने अडानमा छन् । माथेमा आयोगले १० बर्षसम्म उपत्यकामा कुनै पनि खालको कलेज खोल्न नपाउने प्रतिवेदन दिएको छ । सोही अनुसार हुनुपर्छ भन्ने हाम्रो माग हो त्यसैले सरकारले विधेयक फिर्ता लिनुको औचित्य छैन् ।

विहीबार सहमति नजिक पुगेको भन्दै बाहिरिएका बार्ताटोलीका सदस्यहरुको मुड शुक्रबारको दोस्रो चरणको बार्तामा पुग्दासम्म फेरिएको थियो । सोही दिन बेलुका बसेको तेस्रो चरणको बार्तामा समेत कुनै प्रगति नभएपछि विज्ञसंग छलफल गर्न समय चाहिने भन्दै दुबै टोली छुटिएको थियो ।

हिजो शनिबार डा. केसी पक्षले दवाव मुलक बृहत रयाली गरयो भने सरकारी पक्षले दिनभर स्वास्थ्य मन्त्रालयमा बार्ताका लागि कुरेर बसेको । बेलुकासम्म नआएपछि राती अबेर विज्ञप्ती निकाली बार्ताका भएका काम र नमिलेको विषय समेत जानकारी गराएको थियो ।

स्रोतका अनुसार डा. केसी पक्ष प्रस्तावित मनमोहन कलेज वा प्रतिष्ठान सरकारी नै भएपनि आउन नमिल्ने अडानमा छ । उनीहरुले मनमोहनको नाममा सरकारी अस्पतालसम्म खोल्न सकिने तर एकेडेमिक कार्यहरु गर्न नसकिने बताउदै आएका छन् । तर मनमोहनका पक्षधरहरुले सरकारले लिए दिने तर मनमोहनका नाममा एकेडेमिक इन्टीच्युट हुनैपर्ने बताउदै आएको छ ।

बार्ताटोलीका संयोजक डा. उप्रेतीले आज विहानै बार्ता बस्नेभनेपनि अहिलेसम्म बार्ता बस्न नसकेको बताए । उनले भने, ‘फोन बार्ता भइरहेको छ तर संगै बसेर बार्ता भइरहेको छैन् । हामी प्रतिक्षा गरिरहेका छौँ । उहाँहरु कतिवेला आउनुहुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *