गण्डकी मेडिकल कलेज प्रकरणमा आइओएमका ६ जना बरिष्ठ पनि तानिएका थिए

iom-office-TU

काठमाडौँ, ८ साउन – अख्तियारले निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालयले गण्डकी मेडिकल कलेज सीट निर्धारण प्रकरणमा मुछिएका चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका ६ जना माथि स्पष्टीकरण सोधेको छ ।

त्यसरी स्पष्टीकरण लिनेमा आइओएमका निमित्त डीन प्राडा विमल सिन्हा, सहायक डीन प्राडा सरद वन्त, प्राडा जगदीश अग्रवाल रहेका छन् । त्यस्तै मधु देवकोटा, कृष्ण केसी र प्राडा दिनेशविनोद पोखरेल रहेका छन् ।

स्रोतका अनुसार गण्डकी मेडिकल सिट निर्धारण प्रकरणमा अनियमिता गरेको भन्दै स्थलगत अनुगमनमा पुगेका मेडिकल काउन्सिल र आइओएमका केही सदस्यहरुलाई निलम्वन गरेकै बेला उनीहरुलाई विभागीय कारबाही गर्न निर्देशन दिएको थियो ।  तर त्यो सूचना त्रिविले अत्यन्तै गोप्य राखेको थियो ।

तर अख्तियारले तोकता गरेपछि स्पष्टीकरण पनि एकखालको विभागीय कारर्बाही हुने भन्दै सोही प्रक्रिया अपनाएको थियो । । यद्धपी सबै जवाफ आइनसकेको जानकारी दिएको छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले अख्तियारको निर्देशन पछि आफूहरुले स्पष्टीकरण सोधेको बताए । यद्धपी जवाफ आइनसकेको उनले जानकारी दिए । ‘गण्डकी मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा केही साथीहरु माथि अख्तियारले मुद्धा दायर गरेको छ । केही माथि विभागीय कारबाही गर्न भनेको थियो । सोही आधारमा हामीले कारबाही गर्न भनिएका व्यक्तिहरुलाई स्पष्टीकरण सोधेका हौँ । ‘एक्प्लानेसन कल” गरेका हौँ ,’  प्राडा खनियाले भने ।

 शिक्षा परिषद्का ती सदस्यहरुले अनुगमन गरेर आएका टोलीले दिएको रिपोर्ट र सुझावका आधारमा कलेजलाई सिट निर्धारण गर्ने सिफारिस गर्दछन् । अख्तियारले दुई महिना अघि आफूहरु माथि मुद्धा दायर गर्दा  अनुगमनका लागि गएका कतिपय सदस्यले ‘आफूहरुलाई मुद्धा लाग्ने हो भने रिपोर्ट हेरेर सिट निर्धारण गर्नेमाथि पनि मुद्धा लाग्नुपर्छ’ भन्ने गरेका थिए ।

तर अख्तियारले उनीहरुमाथि विभागीय कारबाही गर्न भन्दै त्रिविलाई त्यतिवेलै चिठी लेखेको थियो । अख्तियारको चिठी आएको केही दिनमै त्रिविले औपचारिकता पुरा गर्नेगरि उनीहरुसंग जवाफ मागेको थियो ।

विभागीय कारबाहीमा पर्नेहरु रिक्त डीनका आकांक्षी र सम्भावित उम्मेदार समेत हुन् । त्यस्तै डा गोविन्द केसीका सुरु देखिका समर्थक समेत मानिन्छन् । डा केसीले अख्तियार प्रमुख लोकमानसिह कार्की विरुद्ध उत्रिनुमा पनि यो केश समेत भएको कतिपयको बुझाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *