ढुक्क हुनुहोस्, ‘आइभीएफले स्तन क्यान्सर बढाउँदैन’ : अध्ययन्

ivf

एजेन्सी – आइभीएफ पद्धतीबाट बच्चा जन्माउने महिलाहरुलाई स्तन क्यान्सरको जोखिम नरहेको हालै प्रकाशित एक अध्ययनले देखाएको छ । यसअघि आइभीएफ पद्धतीबाट बच्चा जन्माउँदा प्रयोग हुने हर्मोनहुने बृद्धिले महिलाहरुलाई स्तनक्यान्सर हुनसक्ने जोखिम औल्याइएको थियो ।

गत साता प्रकाशित नयाँ अध्ययन प्रतिवेदनले त्यस्तो कुनै जोखिम नरहेको प्रष्ट पारेको छ । आईभीएफ पद्धतीमा शरीरका प्रजनन हर्मोनहरुका मात्रा ५ देखि १० गुणा बढाउने गरिन्छ जसमध्ये एस्ट्रोजेन र प्रोजेस्टरोनले स्तन क्यान्सरलाई कुनै न कुनै रुपबाट प्रभाब पारेको हुन्छ भनिएको थियो ।

‘तर बिगतको दशकमा गरिएको अध्ययनहरुले यसपद्धतीबाट बच्चा जन्माएकाहरुमा स्तन क्यान्सरको जोखिम नबढ्ने कुरा औंल्याएको हो । प्रतिवेदनमा भनिएको छ ।

गत साता प्रकाशित एक अध्ययन प्रतिवेदनले आइभीएफ पद्धतीबाट बच्चा जन्माएका महिलामा स्तन क्यान्सरको जोखिम नहुने कुरालाई अझ बढी प्रकाशनमा ल्याएको छ ।

सोही अध्ययनमा संलग्न हन्ट्सम्यान क्यान्सर इन्स्टीच्युट का क्यान्सर रोग बिशेषज्ञ डा.सौन्ड्र एस्.बाइज भन्छन्, ‘बिगत दुई दशकमा आइभीएफ गरेका महिलामा स्तन क्यान्सरको जोखिमको प्रमाण भेटाएका छैनौं ।’

अध्ययनले सरदर ३२.८ उमेरका सन् १९८० देखि १९९५ सम्म आइ.भि.एफ गराएका २५ हजार महिलालाई संलग्न गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *