सरकार र डा. गोविन्द केसी पक्षबीचको दोस्रो चरणको बार्ता स्वास्थ्य मन्त्रालयमा सुरु

mohp1 copyकाठमाडौँ, ७ साउन – सरकार र डा. गोविन्द केसी पक्षबीचको दोस्रो चरणको बार्ता केही बेर अघि स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ । बेलुकासम्म चलेको झण्डै चार घण्टा लामो छलफल सहमति नजिक पुगेको बताइएपनि डा. केसीले कतिपय विषयमा असहमति प्रकट गरेपछि बार्ता आज फेरी सुरु भएको हो ।

बार्ताका लागि सरकारका तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी र शिक्षाका निमित्त सचिव डा, लवदेव अवस्थी छन् । केसीका तर्फबाट डा. रञ्जन सापकोटा, डा .जीवन क्षेत्री, डा. अञ्जनीकुमार झा लगायतका छन् ।

हिजो नै राती दोस्रो चरणको बार्ता गर्ने भन्दै छुट्टीएका सदस्यहरु सहमति हुन नसक्ने देखेपछि आजका लागि सारेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *