अख्तियारको केसमा केयुका डिन र रजिष्टारको कुरा बाझियो

काठमाडौँ, ७ साउन – व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन नरेन्द्र राणा र रजिष्टार भोला थापाको कुरा बाँझिएको छ ।

डिन राणाले अख्तियारले हस्तक्षेप गर्ने हिसावले एक्कासी केयुमा आएको संकेत गरेका छन् । तर रजिष्टार थापाले अख्तियारले प्रश्नपत्र बाहिरिएको भन्दै प्रश्न उठाएपछि छलफल गरी नयाँ प्रश्नपत्र तयार गरि परीक्षा लिएको बताए ।

थापाले केयुप्रति अख्तियारले कुनै हस्तक्षेप नगरेको बताए । तर डिन राणाले विना परिचय पत्र, विना चिठी अख्तियारको नाम लिदै केही मानिसहरु आएको, त्यसका केही सदस्यहरुलाई आफूले चिनेको बताउदै आफूले माथि सोधेर मात्रै अघि बढ्न दिने भन्दै उनीहरुलाई रोकेको बताए । उनको संकेत अख्तियारले हस्तक्षेप गर्ने गरि नै प्रस्तुत भएको बताएका थिए ।

बैठकमा सहभागी संसदहरु दुई भागमा विभाजित भएजस्तो गरि प्रस्तुत भएका छन् । सत्तारुड एमाले निकट सांसदहरुले केयुको पदाधिकारीहरुको दोश रहेको र अख्तियारलाई निम्त्याएको बताएका छन् । तर कांग्रेस निकट सांसदहरुले अख्तियारले प्राज्ञिक क्षेत्रमाथि धावा बोलेको बताइरहेका छन् ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले केदारभक्त माथेमाको कदमप्रति भने सांकेतिक रुपमा आलोचना गरेका छन् । प्राज्ञिक व्यक्तित्वले गलत हुँदैछ भने त्यसबारेमा डटेर लडने वा प्रतिकार गर्ने हो तर राजिनामा दिने होइन । अधिकांश सांसदहरुको संकेत सिनेटबाट राजिनामा दिएका केदारभक्त माथेमा प्रति लक्षित थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *