सांसद भन्छन्, ‘केयुले अख्तियार बोलाएर आफैलाई बलात्कार गरायो’

susan samiti copy

काठमाडौँ, ७ साउन – काठमाडौँ विश्वविद्यालयले अख्तियारलाई बोलाएर परीक्षा सुरु गरेको भन्नु बलत्कारका लागि आमन्त्रण गरेजस्तो भएको टिप्पणी सांसदहरुले गरेका छन् । व्यवस्थापिका संसदको सुसाशन तथा अनुगमन समितिको अघि विहान साढे ८ बजे देखि जारी बैठकमा केयुका पदाधिकारीलाई सांसदहरुले यस्तो टिप्पणी गरेका हुन् ।

सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा केयुका पदाधिकारीहरुलाई संसदहरुले कडा कडा प्रश्न तेस्र्याईरहेका छन् । सांसद धु्रब वाग्लेले परीक्षाका लागि अख्तियारलाई बोलाउनु केयुले आउ मलाई बलात्कार गर भन्नु जस्तो भएको बताए ।

अर्का सांसद जनकराज सापकोटाले छलफलमा अख्तियारका प्रतिनिधी पनि हुनुपर्ने माग गरे । ‘यो अख्तियारसंग पनि जोडिएको विषय हो तसर्थ अख्तियारका प्रतिनिधीहरु यहाँ हुनुपथ्र्यो’ – सापकोटाले भने ।

अर्का सांसदअर्जुन नरसिंह केसीले पनि अख्तियार विनाको छलफलको महत्व नहुने भन्दै अख्तियारलाई बोलाउनुपर्ने आग्रह गरे ।

अर्की सांसद अनिता परियारले अख्तियार र केयुबीच परीक्षामा चलखेल भएको पाइएको भन्दै यस्तो परीक्षालाई कसरी बैद्यता दिने भनेर प्रश्न गरेकी छन् ।

अर्का सांसद उदय नेपालीले केयु र अख्तियारबीच मिलोमतो देखिएको भन्दै केयुले प्राज्ञिक स्वतन्त्रता कायम गर्न नसकेको आरोप लगाए । छलफलमा संसदहरुले बोल्ने क्रम जारी छ ।

सांसद ध्यानगोविन्द रन्जितले केयुलाई सक्ने खेलमा पदाधिकारी स्वयं लागेको आरोप लगाए ।

बैठकमा सहभागी केयुका पदाधिकारीहरुले भने नियमीत र सामान्य प्रक्रिया अन्तर्गत परीक्षा भएको भन्दै बचाउ गरिहेका छन् । तर डीन र रजिष्टारको कुरा एक आपसमा बाझिाएको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *