हवाईजहाज कुर्दाकुर्दै विमानस्थलमा सुत्केरी

juphal-airport

डोल्पा (दुनै), ६ साउन – डोल्पामा यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन् ।

सुरक्षित प्रसूति गराउन जिल्ला बाहिर जानलाई हवाईजहाज पर्खे पनि मौसम गडबडीका कारण पाँच दिनदेखि डोल्पामा उडान नभएपछि सुत्केरी भएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए ।

सुत्केरी हुनेमा विमानस्थल सुरक्षामा खटिएकी महिला प्रहरी बाँके जिल्ला राप्तीपारिकी जुगेनी चौधरी र डोल्पा त्रिपुराकोट घर भई बाँके जिल्लामा बिहे गरेकी सीता थापा रहेको बताइएको छ ।

थापालाई ३ गते सुरक्षित प्रसूति गर्न नेपालगन्ज लैजानका लागि विमानस्थल ल्याए पनि उडान नभएपछि फर्काइएको उनका श्रीमानले बताए । उनको ४ गते सुरक्षित प्रसूतिपछि छोरा जन्मिएको श्रीमानले बताए ।यदि स्वास्थ्य अवस्था गम्भीर भए प्लेन कुर्दै ज्यान जाने थियो, दुर्गम भनेको यस्तै हुँदोरैछ उनका श्रीमानले भने ।

चौधरीले पनि नेपालगन्ज जानका लागि चार दिनदेखि हवाईजहाज पर्खिए पनि उडान नभएपछि बिहीबार डोल्पामै प्रसूति भएको बताइएको छ ।मौसम खराबीका कारण आज पनि डोल्पामा उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।

डोल्पामा यातायातको अभावमा हवाईजहाजको पर्खाइमा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी लोकेश खत्रीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *