डा. केसीसंग औपचारिक वार्ता गर्दै सरकार

dr kc
काठमाडौँ, ६ साउन – १२ औं दिनदेखि आमरण अनशनरत डा. गोबिन्द केसीले उठाएका मागका बिषयमा सरकार र अनशनरत पक्षबीच आज वार्ता हुने भएको छ ।

दिउसो ३ बजे स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा डा. केसीको तर्फबाट डा. रञ्जन सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय टोली सहभागी हुनेछ । टोलीमा डा. जीवन क्षेत्री, डा. अन्जनीकुमार झा, डा. लिलन महर्जन र सुमन आचार्य लगायतका छन् ।

सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रती, शिक्षा सचिव विश्व प्रकाश पण्डित र प्रधानमन्त्री कार्यालयका एक सचिव सहभागी हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *