एचआईभी संक्रमित दीक्षा रिमालले पाइन १० हजार डलरको अन्तरराष्ट्रिय पुरस्कार

red re

काठमाडौँ, ६ साउन – चितवनकी एचआईभी संक्रमित दीक्षा रिमालले १० हजार डलर रासीको ‘रेड रिवन’ अन्तरराष्ट्रियअवार्ड २०१६ जितेकी छन् ।

दक्षिण अफ्रिकाको डार्वनमा सम्पन्न २१ औँ  अन्तरराष्ट्रिय ए्ड्स सम्मेलनमा नेपालबाट सहभागी रिमाललाई सो अवार्ड प्रदान गरिएको हो । सोही खालको अवार्ड विभिन्न १० देशका सहासिक महिलाहरुले समेत पाएका छन् ।

एचआईभी संक्रमित भएर पनि समाज परिवर्तन र संक्रमितहरुको जीवनस्तर परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा रिमाललाई अवार्ड प्रदान गरिएको बताइएको छ ।

Red ribbon award

श्रीमानबाट एचआईभी संक्रमित भएकी रिमालले समाजमा खुलेर विगत १ दशक देखि सक्रिय रुपमा सामाजिक काम गर्दै आएकी छिन् । उनले २०६२ सालमा चितवन सक्रिय महिला प्रतिष्ठान नामक सामाजिक संस्था स्थापना गरी ३४ जनालाई रोजगारी समेत दिंदै आएकी छिन् ।

रिमालले यसअघि १५ देशमा एचआईभी संक्रमितको केस स्टडी पुरस्कार र सन् २००५ मा मिसेस एचआईभी स्टीमा फ्रि कन्टेष्ट अवार्ड समेत पाएकी थिईन् ।

award

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *