आकस्मिक कक्षका अधिकांश बिरामी चुरोटका अम्मली : अध्ययन्

surti aus

एजेन्सी – आकस्मिक कक्षमा आउने विरामीहरुको धूमपान सेवन दर बाहिरी व्यक्तिहरुको भन्दा बढी हुने गरेको अध्ययनले देखाएको छ । अष्टेलियाको मेलबर्नस्थित सेन्ट भिसेन्ट हस्पिटल र अस्टिन हस्पिटलको आकस्मिक कक्षमा उपचारका लागि आएका झण्डै ३४० जना विरामीको अध्ययन गर्दा यस्तो पत्ता लागेको हो ।

अध्ययनका अनुसार आकस्मिक कक्षमा आउने विरामीको सेवन दर २३.३ प्रतिशत थियो, जवकी अन्य अष्ट्रेलियन नागरिकको सेवन दर १५ प्रतिशत मात्रै छ ।

सिन्हूवा न्युज एजेन्सीका अनुसार अरु देशमा आकस्मिक कक्षमा आउने विरामीको धूमपान सेवन दर २१ देखी ४१ प्रतिशत समम रहेको पाइन्छ । मेलबर्नमा गरिएको यो अनुसन्धानबाट थाह भयो कि आकस्मिक कक्षमा रहेका ७८ जना व्यक्ति अहिले पनि धूमपान गर्छन् ।

अनुसन्धानकर्ताहरुले यी अम्मलीहरुको आयु ४२.१ भएको बताउछन् । त्यसमा ६४ प्रतिशत पुरुष छन् । अनुसन्धानमा सहभागीमध्ये झण्डै ४१ प्रतिशतले धूमपानको लत त्याग्न चाहेको समेत बताए ।

संसारमा सुर्ती सेवन गरि मर्नेको संख्या अति धेरै रहेको र हरेक १० जना युवामध्ये एक मृत्यु सुर्तीकै कारणले भएको बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *