दुई साताको अस्पताल बसाई पछि डिस्चार्ज भए शशांक

sasanka

काठमाडौँ, ५ साउन – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला डिस्चार्ज भएका छन् । १४ दिन अस्पताल बसाईपछि बुधबार विहान साढे ९ बजे घर फर्किएका हुन् ।स्वास्थ्यमा सामान्य समस्या आएपछि गत २२ असारमा उनी चाबहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । तर, विहानपख अचेत भएका थिए ।

उनलाई निमोनिया भएको र संक्रमण रगतमार्फत शरीरको सबै भागमा फैलिएपछि स्वास्थ्य गम्भीर भएको थियो ।अस्पतालबाट निस्कने क्रममा कांग्रेस महामन्त्री कोइरालाले हात हल्लाए । तर, केही प्रतिक्रिया दिएनन् ।

चिकित्सकहरुले उनलाई केही समय आराम गर्न र सार्वजनिक कार्यक्रमहरु नजान सुझाव दिएका छन् । ओम अस्पतालका प्रमुख भोला रिजालले कोइरालालाई केही दिन आराम चाहिने बताए ।

निकै खुसी देखिएका उनले भने, ‘सुपात्रालाई धन्यवाद ।’ पेशाले चिकित्सक सुपात्रा डा. शशांककी पत्नी हुन् । उनी ओम अस्पतालमा नै कार्यरत छिन् र शशांकको उपचारमा संलग्न रहिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *