माग पुरा गर्न म पहल गर्छु, अनशन त्यागिदिनुस् : सभामुख

onsari

काठमाडौँ, ५ साउन – त्रि.वि शिक्षण अस्पतालमा अनशनरत डा. गोबिन्द केसीलाई सभामुख ओनसरी घर्ती मगरले भेटेकी छन् ।

झण्डै दश मिनेटको भेटघाटमा उनले डा. केसीसंग प्रत्यक्ष कुराकानी गरेकी थिइन् । उनले डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोले अनशन त्याग्न आग्रह गरेकी थिइन् ।

जवाफमा डा. केसीले गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि आफ्नो अनसन केन्द्रित रहेको भन्दै माग पुरा नहुँदासम्म आफ्नो अनसन जारी रहने बताए । उनले आफू तीन करोड नेपाली जनताका लागि गुण्स्तरीय स्वास्थ्य शिक्षा होस् भन्ने चाहनाले पटक पटक अनसन बस्नुपरेको बताए । आफ्ना केही माग संसदसंग सम्बन्धीत भएको भन्दै सभामुखको ध्यानाकर्षण समेत गराएका थिए ।

डा. केसीलाई भेटेर सभामुख निस्कने क्रममा रेजिडेन्स चिकित्सक तथा बिद्यार्थीहरुले चर्को नाराबाजी सहित सभामुखलाई आफ्नो प्रतिक्रिया दिनुपर्ने भन्दै बाटो छेक्ने प्रयास गरेक थिए ।

onsari2

on3

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *