डा. केसीलाई भेट्न सभामुख शिक्षण अस्पताल जाँदै

dr kc
काठमाडौँ, ५ साउन –  डा. केसीलाई भेट्न सभामुख ओनसरी घर्ती त्रि.वि शिक्षण अस्पतालमा आउने भएकी छन् ।

अनशन बसेको एघार दिन पछि सभामुख डा. केसीलाई भेट्न आउन लागेकी हुन् । डा. केसीले यसपटक उठाएका केही मागहरु संसदसंग पनि सम्बन्धीत रहेको छ । त्यसकारण पनि सभामुख भेट्न आउनुलाई महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

सभामुखका स्वकीय सचिव बबिन शर्माका अनुसार अबको केही समयमै सभामुख घर्ती अनशनस्थल त्रि.बि शिक्षण अस्पताल आइपुग्ने बताएका छन् । अहिले सभामुख राष्ट्रपति कार्यालय शितल निवासमा भेटघाटमा रहेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *