लोक सेवा आयोगले लिने एघारौँ र नवौँ तहको परीक्षा ११ साउन देखी अनामनगरमा

- नेपाली हेल्थ

काठमाडौँ, ५ साउन – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको एघारौँ र नवौँ तहका पदहरुमा परीक्षा दिनका लागि केन्द्र र समय तोकेको छ । आयोगले पद र तह अनुसार परीक्षा आगामी ११ देखी २९ सम्म केन्द्रीय कार्यालय अनामनगरमा हुने जनाएको छ ।

आयोगको सूचना नं २९७/०७२-७३ मा प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट, निर्देशक तथा प्रमुख स्वास्थ्य प्रशासक एघारौँ तह तथा कम्युनिटी नर्सिङ प्रशासक नवौँ तह लगायतका पदहरुमा दरखास्त मागिएको थियो ।

lok sewa


Facebook Comment


थप समाचार