अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने डा. केसीको मागमा काँग्रेस असहमत

nepali congrass

काठमाडौँ, ५ साउन – अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने डा. गोविन्द केसीको मागमा नेपाली काँग्रेस असहमत देखिएको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्य समिति बैठकले महाअभियोग लगाउने मुद्धा राजनीतिक भएको ठहर गर्दै त्यसमा असहमति जनाएको हो । काँग्रेसले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका अन्य मागमा भने समर्थन रहेको जनाएकोछ ।

स्रोतका अनुसार बैठकमा केही सदस्यले डा. केसीका सबै माग सम्वोधन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका थिए । तर अनसनकै भरमा संवैधानिक निकायका प्रमुख परिवर्तन गर्न थाल्दा त्यसले गलत नजिर स्थापित हुने भन्दै अख्तियार प्रमुख विरुद्धको मागमा कांग्रेस पन्छिएको हो ।

‘आज एक जनाले अख्तियार प्रमुख हटाउन भन्दै अनसन बस्ने भोली अर्कोले राजसंस्था चाहिन्छ भन्दै अनसन बस्यो भने के गर्ने ?’ बैठकमा सहभागी सदस्यहरुले यस्तो तर्क राखेपछि केसीको २ नम्वर बुदाको मागलाई समर्थन नगर्ने निर्णयमा पुगेको हो ।

यसअघि कांग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसी लगायतका नेताहरुले डा केसीको जीवन रक्षाका लागि पनि उनले उठाएका सबैमाग तत्काल पुरा गर्नुपर्ने बताएका थिए ।

समसामयिक राजनीतिक र सरकार गठन प्रक्रियाबारे छलफल गर्न बोलाइएको बैठकमा डा. केसीको अनसनबारे आकस्मिक छलफल भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *