‘उमेरहद’ लत्याउदै आइओएम सहायक डीनले खाईन दुई महिना बढि जागिर !

iom-office-TU

काठमाडौँ, ५ साउन – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिनले अवकाश पाएको दुई महिनासम्म कार्यालयमा काम गरेको खुलेको छ ।

१२ बैशाख ०७३ मा अवकाश पाउनुपर्ने सहायक डीन प्राडा सरला जोशीले ८ असार ०७३ सम्म आइओएममा काम गरेको खुलेको हो । संस्थानको प्रशासन महाशाखा हेर्ने जोशीलाई त्रिविको कर्मचारी प्रशासन महाशाखाले ८ असारमा पत्र लेखेर सोही दिनबाट लागू हुनेगरी अबकाश दिएपछि मात्र जोशी कार्यालय आउन छाडेकी हुन् ।

जोहीले ६३ बर्षे उमेरहदका कारण १२ बैशाखमै त्रिविबाट अवकाश पाइसकेकी थिइन् । नागरिकतामा जोशीको जन्म २०१० सालमा भएको उल्लेख छ । तर एसएलसीको शैक्षिक प्रमाणपत्रमा भने २०११ साल रहेको छ । एसएलसीको शैक्षिक प्रमाणपत्रको आधारमा जोशीले अझै एक बर्ष कार्यावधि बाँकी रहेको भन्दै उनी काम गर्दै आएकी थिइन् । तर त्रिविले २०१० साललाई आधार मानेर अवकाश दिएको छ ।

एक बर्ष बाँकी रहेको दावी
अवकाशको तीन महिना पहिले जानकारी दिनुपर्नेमा जानकारी नगराई आफूलाई एक्कासी अवकाश दिइएको जोशीले बताइन् । ‘मैले २०२८ सालमा नागरिकता बनाएका हो , त्यतिवेला म १८ बर्षकी थिएँ । एसएलसीको प्रमाणपत्रमा २०११ साल उल्लेख छ सोही कारण कन्फ्युज भएको हो,’ उनले भनिन् ।

जोशीले यस्तो दावी गरिरहँदा संस्थानभित्रै भने दुई महिना ढिला गरेर अवकाश दिएका कारण जोशीले दुई महिनासम्म गरेका निर्णयको विरोध सुरु भएको छ । अवकाश पाउने दुई महिना समय गुजारेर कार्यलयको अख्तियार दुरुपयोग गरेको भन्दै कार्यालयका कर्मचारीहरुले जोशीका निर्णय विवादित भएको बताएका छन् ।

पुन करारमा ल्याउने तयारी

ती निर्णय के हुने भन्ने प्रष्ट नहुँदै जोशीलाई विशेषज्ञ नियुक्त गरि करारमा ल्याउने प्रयास भइरहेको छ । पीएचडी कार्यक्रमका लागि जोशी आवश्यक भएको भन्दै ल्याउन लागिएको हो ।

सहायक डीनका लागि महाराजगञ्ज नर्सिङ कलेजकी क्याम्पस प्रमुख नीरा पाण्डेलाई सिफारिस गर्ने र जोशीलाई विशेषज्ञको रुपमा करारमा ल्याउने तयारी भएको हो । – आजको नयाँ पत्रिकाबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *