बोकोहराम नियन्त्रित क्षेत्रका ४९ हजार बालबालिकामा चरम कुपोषण

bokoharam

नाइजेरिया, ४ साउन – उत्तरी नाइजेरियामा अतिवादी इस्लामिक समूहसँग आवद्ध बोको हराम समूहद्वारा नियन्त्रित इलाकामा बसोबास गर्ने करिब ४९ हजार बालबालिका कुपोषणका कारण जीवनमरणको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) ले जनाएको छ ।

कुपोषण प्रभावित यी बालबालिकालाई तत्काल उपचार उपलब्ध नगराइएमा उनीहरु मृत्युको नजिक पुगेको युनिसेफको दाबी छ ।

बोको हराम प्रभावित क्षेत्रको अध्ययनपश्चात युनिसेफ प्रतिनिधिले विभिन्न दाता तथा परोपकारी सङ्घसंस्थालाई सङ्कटमा रहेका बालबालिकाको उपचारमा तत्काल ध्यान पु¥याउन र दुःखद घटना हुनबाट बचाउन अनुरोध गरेका छन् ।

प्रभावित धेरैजसो बालबालिका यसैवर्ष विभिन्न बहुराष्ट्रिय शक्ति पुगी द्वन्द्वबाट पीडित भएका बालबालिकालाई उद्धार गरिएको ठाउँबाट टाढा भएका कारण उनीहरुको उद्धार हुन सकेको थिएन ।

युनिसेफका अफ्रिका क्षेत्रीय निर्देशक म्यानुयल फन्टेनका अनुसार उक्त क्षेत्रमा प्रतिदिन करिब १३४ बालबालिका कडा कुपोषणका कारण मृत्यु हुने गरेका छन् ।

सयौँ बालबालिकाको यस अघिदेखि नै कुपोषणको शिकार भएका कारण मृत्यु भइसकेको छ । चिकित्सकहरुले नाइजेरियाको बामा र यस वरपरका क्षेत्रमा दुःखद मानवीय सङ्कट रहेको बताउँदै यस क्षेत्रमा कुपोषणका कारण गएको जुनमा मात्रै २०० बालबालिकाको मृत्यु भएको बताएका छन् ।

नाइजेरियामा सात वर्ष लामो बोको हरामको विद्रोहका कारण २० हजार मानिसको द्वन्द्वमा मृत्यु भएको छ भने करिब २७ लाख मानिस विस्थापित हुँदा छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य छन् ।

बोको हराम समूहले सन् २०१५ देखि इस्लामिक स्टेट (आईएस) समूहलाई सघाउने प्रतिबद्धता जनाएपछि विस्थापित हुने क्रम झन बढ्दो छ ।

युनिसेफले यहाँको मानवीय सङ्कटमा सघाउन आवश्यक पर्ने रकमको आधा अर्थात् पाँच करोड ५५ लाख अमेरिकी डलरको सहायता नाइजेरियामा पाउने गरेको छ । अहिलेको आवश्यकता योभन्दा अझ बढी रहेको बताइएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *