डा. केसीको अनसन नेपाली विद्यार्थीलाई विदेश पठाउने गिरोहको उक्साहटमा : निजी मेडिकल कलेज सञ्चालक

medical

काठमाडौँ, ४ साउन – निजी मेडिकल कलेजका सञ्चालकहरुले डा. गोविन्द केसीको अनसन नेपाली विद्यार्थीलाई विदेश पठाउने गिरोहको उक्साहटमा भएको आरोप लगाएको छन् । उनीहरुले हरेक पटक विद्यार्थी भर्ना गर्ने बेलामा अन्योलता सिर्जना हुने गरी डा. केसीको अनसन हुनु र उनको अनसनलाई चर्को समर्थन गर्नेहरु विद्यार्थी विदेश पठाउने कन्सलटेन्सीका सञ्चालक हुनुले ध्यय स्पष्ट भएको जनाएको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलनमा एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. भोला रिजालले डा. केसीको अनसन चिकित्सा शिक्षा सुधारका लागि हुँदै नभएको ठोकुवा गरे । उनले भने, ‘हरेक बर्ष विद्यार्थी भर्ना हुने बेलामा अनसन सुरु हुन्छ र अन्योलता सिर्जना हुन्छ जव विद्यार्थी बाहिर तिर लाग्छन तब अनसन सकिन्छ । फेरी अर्को बर्ष त्यस्तै हुन्छ ।’

उनले चिकित्सा सेवा तथा शिक्षामा निजी क्षेत्रले पुरयाएको योगदानको चर्चा गर्दै डा. केसीको शैलीको विरोध गर्दा माफियाको ट्याग लागेको बताए । ‘अनसन समाधान वा सुधार होइन, सुधार वा समाधान त बसेर छलफल गरेर हुने हो तर डा. केसी त्यो मान्नेवाला हुनुहुन्न,’ डा. रिजालले अगाडी थपे, ‘सधैभरी अनसन बसेर निजी क्षेत्रलाई धरासायी त बनाउन सकिएला तर मेडिकल शिक्षा सुधार हुन सक्दैन ।’ उनले आफूहरु दुई तीन दिन पर्खने र अवस्था यस्तै भए कडा आन्दोलनका कार्यक्रम गर्ने समेत बताए ।

काठमाडौँ मेडिकल कलेजका प्राचार्य डा. चन्दा कार्कीले भर्नाकै बेला पारेर गरिने यस्ता अनसन कतैबाट प्रायोजित हुनसक्ने भन्दै यसले मेडिकल शिक्षालाई धरासायी बनाउने बताइन् । ‘तीन करोड नेपालीको नाम दिइन्छ र अनसन बसिन्छ सुन्दा राम्रै हो जस्तो पनि लाग्छ तर त्यसको भित्री खेल अर्कै छ । यो समयमा अनसन बस्नु भनेकै विद्यार्थीहरुलाई चाइना, बंगलादेश र फिलिपिन्स पठाउने नै हो ।’ उनले सुधारका लागि खटेका डा केसीलाई आफूसंग बसेर सुधार गर्नुपर्ने विषयका खाका ल्याउन सल्लाह दिइन् ।

विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीले अनसनको नाममा सस्तो लोकप्रियता कमाउन मेडिकल शिक्षामा हिलोछ्याप्ने काम भन्दै केसीको अनसन जायज नभएको तर्क गरे । उनले डा. केसीको मागमा आफू खुल्ला छलफल गर्न तयार रहेको भन्दै बाल हठ छाड्न आग्रह गरे ।

यसैबीच एसोसियसनले आफ्ना आठ वटा माग अघि सार्दै सम्वोधन नगरिए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । ती मागहरुमा सिट संख्या कटौंति गर्दा ठुलो संख्यामा गरिव, जेहेनदा, र निमुखा विद्यार्थीहरुले छात्रबृद्धिमा उच्च शिक्षा लिन नपाउने हुदा त्यसबाट बन्चीत गर्न नहुने, विदेशी विद्यार्थीहरुलाई समेत स्वदेशमा पठन पाठन गर्ने वातावरणको सृजना गरि अन्तराष्ट्रिय जगतमा नाम चलाउन मद्धत पुर्याउने लगायतका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *