सघन उपचार भवन सञ्चालनमा

लुम्बिनी, ४ साउन –  युनिभर्सल कलेज अफ मेडिकल कलेज शिक्षण अस्पतालले स्थापनाको १९औँ वर्षमा मोफसलमै पहिलो पटक सघन उपचार भवन सञ्चालनमा आएको छ ।

भवनको रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले उद्घाटन गरेका थिए । अत्यन्त जटिल र गम्भीर अवस्थाका बिरामीलाई उपचार गर्न बनाइएको सो भवनको एउटै छानामुनि सघन उपचार कक्ष, मुटु उपचार कक्ष, चिकित्सीय सघन उपचार कक्ष र मिर्गौला रक्तशुद्धीकरण एकाइको व्यवस्था गरिएको छ । ती कक्षमा दुर्घटना, मस्तिष्काघात, जटिल शल्यक्रिया भएका तथा गम्भीर प्रकृतिका बिरामीलाई उपचार गरिनेछ ।

यसैगरी विभिन्न जटिल किसिमका सङ्क्रमण, पक्षाघात, विषसेवन, सपदंशका बिरामी र मिर्गौला खराब भएका बिरामीको आठ उपचार गरिने मेडिकल कलेजले जनाएको छ ।

लगभग रु ५५ करोडको लागतमा बनेको सो भवनको सञ्चालनपछि यस क्षेत्रका बिरामी थप उपचारका लागि काठमाडौँ वा छिमेकी भारतका सहरमा जानु नपर्ने अस्पतालले जनाएको छ ।

कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा, सीमा सुरक्षा बल भैरहवाका प्रमुख गणेशबहादुर सङ्ग्रौला, सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारु, गौतमबुद्ध विमानस्थलका प्रमुख शिशिर चित्रकार लगायतले अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

-रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *