सडक वर्षाले बिगार्दा बिरामीलाई सास्ती

डडेल्धुरा, ४ साउन – दुर्गम गाविस रुपालमा लगातारको पानीका कारण सडकमा पहिरो र खाल्टाखुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा सुत्केरी लगायत अन्य बिरामीलाई अस्पताल पु¥याउन सास्ती भोग्नुपरेको छ ।

सो ठाउँमा एक वर्ष अगाडि मात्रै गाडी पुगेको हो । एक सुत्केरीलाई रुपालबाट करिब छ घन्टा लामो बाटामा स्टेचरमा बोकी बगरकोटसम्म पु¥याएर उपक्षेत्रीय अस्पतालसम्म ल्याउँदा धेरै रगत बगेका कारण मृत्यु भएको उनका आफन्त दानबहादुर टमटाले बताए।

पानीसँगै सुत्केरीलाई स्टे«चरमा बोक्नुपर्दा सुत्केरी र आफन्तले धेरै कष्ट भोग्नुपरेको र लामो दूरीमा बोकेर लैजानुपर्दा बचाउन पनि नसकिएको टमटाको दुःखेसो रहेको छ ।

करिब एक वर्ष अगाडिदेखि बगरकोट–रुपाल सडकखण्डमा गाडी सञ्चालन हुँदा धेरै राहत महसुस गरेका रुपालवासीले वर्षात्को सुरुआतमा नै सडक बिगे्रकाले पुनः पुरानै किसिमको कष्टकर जीवन भोग्नुपरेको छ । बिरामी लगायत अन्य कामकाजका लागि समेत सदरमुकाम धाउनुपर्दा धरै कष्ट भोग्नुपरेको स्थानीय शिक्षक मान नाथले बताए।

साँघुरो र लामो बाटामा बिरामीलाई बोकेर सदरमुकाम लैजानुपर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समयमा उपचार नपाउँदा ज्यानसमेत गुमाउनु परेको रुपालका समाजसेवी लोकराज भट्टले बताए।

रुपालका समाजसेवी र राजनीतिक दलको लामो प्रयास र सङ्घर्षबाट सडक गाउँमा पु¥याउन सकिएको स्थानीय समाजसेवी भट्टको भनाइ छ । जिल्लामा निर्माण भएका सबै ग्रामीण सडक नालीको व्यवस्था नहुँदा वर्षात्मा बिग्रने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *