बालुवाटारमा भएको विद्यार्थीको प्रदर्शनमा प्रहरीे हस्तक्षेप, १२ जना पक्राउ

काठमाडौँ, ४ साउन – प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका महाराजगञ्ज क्याम्पसका विद्यार्थी र प्रहरीबीच बालुवाटारमा तनाव भएको छ । सो क्रममा १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

१० दिन देखी आमरण अनसन बसेका डा केसीको मागका बारेमा सरकार सम्वेदनशील नभएको भन्दै डा केसीका समर्थक विद्यार्थीहरु बालुवाटार पुगेका थिए ।

विद्यार्थी सुमन आचार्यका अनुसार प्रहरीले बद्री अर्याल, विशाल दाहाल सहितका १२ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी बृत्त कमलपोखरीमा राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *