अस्पतालमा खानेपानीको अभाव

जाजरकोट, ४ साउन – जिल्ला अस्पतालमा औषधि खान पनि पानी नहुँदा समस्या भएको छ ।

अस्पतालमा बिरामीको चाप भए पनि खानेपानीको अभाव छ । पानीकै अभावमा शौचालय, लत्ताकपडा, अस्पतालमा दैनि प्रयोग हुने सामग्री समेत सफा गर्न नपाइएको डा. राजेन्द्र जिसीले बताए ।

वर्षाको पानी जम्मा गरी बिरामीका आफन्तले कपडा सफा गर्ने गरेका छन् । अस्पतालमा आउने पानीको लाइन पहिराले भत्काउँदा पाँच दिनदेखि खानेपानीको आपूर्ति बन्द भएको हो ।

अस्पतालमा दैनिक ४० भन्दा बढी बिरामी आउने गर्छन् । गाउँका सबै स्वास्थ्य संस्थामा बिरामीको निकै चाप छ ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *