डा. केसीको स्वास्थ्यप्रति चासो नदिएको भन्दै रेजिडेन्ट डाक्टरद्धारा टिचिङ अस्पतालको ओपिडी बहिस्कार

tuth

काठमाडौँ, ३ साउन – डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भइसक्दा समेत सरकारले चासो नदेखाएको भन्दै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्स डाक्टरहरुले सोमबार (आजै)बाट ओपिडी बहिस्कार गरेका छन् । यद्धपी उनीहरुले अप्रेसन, आइसियु तथा आकस्मिक कक्षका विरामीलाई भने सेवा सुचारु भएको बताएका छन् ।

त्रिवि शिक्षण अस्पताल रेजिडेन्स डाक्टर एसोसियसनका अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माद्धारा जारी विज्ञप्तीमा डा केसीको जीवनरक्षाका लागि राज्यलाई दवाव दिन यस्तो कदम चालिएको बताइएको छ ।रेजिडेन्सहरुले ओपिडी बहिस्कार गरेपछि विहान फ्याकल्टी डाक्टरहरुले ओपिडी सम्हालेका थिए ।

अघिल्ला अनसनमा पनि डा. केसीको स्वास्थ्यअवस्था विग्रेपछि रेजिडेन्ट तथा फ्याकल्टीहरुले सेवा बन्द गरि आन्दोलनमा उत्रिएका थिए ।
यसपटक डा. केसीको आज नवौँ दिन वितिसक्दा समेत सरकारले अहिलेसम्म कुनै बार्ताको पहल भएको देखिएको छैन् ।

यद्धपी आजैमात्र संसदको एक समितिले डा. केसीलाई भेटी माग पुरा गराउन सम्वन्धित निकायलाई निर्देशन दिने आश्वासन दिएर फर्केको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *