भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्यो

 

garbhaहनोई, ३ साउन –  भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । सन् २०१५ मा मात्र गर्भपतन गराउने व्यक्तिको सङ्ख्या २ लाख ८० हजार पुगेको समाचारमा जनाइएको छ ।

यसरी गर्भपतन गराउनेमा १९ वर्षभन्दा मुनिका युवतीको सङ्ख्या पनि बढ्दो मात्रामा रहेको देखिएको छ । प्राप्त समाचारमा भियतनाममा सन् २०१५ मा मात्र १९ वर्षभन्दा मुनिका छ हजार युवतीले गर्भपतन गराएका थिए ।

यो तथ्याङ्क सार्वजनिकस्थलमा रहेका गर्भपतन गराउने केन्द्रहरुबाट लिइएको बताइएको छ । तर लाजका कारण लुकिछिपी गर्भपतन गराउने गरेका व्यक्तिको सङ्ख्या यो भन्दा अझै धेरै रहेको स्वास्थ्यका अधिकारीहरुले नै जनाएका छन् ।

उनीहरुका अनुसार यसरी गर्भपतन गराउने महिलाहरु वर्षेनी बढ्दै गएका छन् । तर यसअघिका वर्षहरुको तुलनामा सन् २०१५ मा यो सङ्ख्या के कति मात्रामा बढ्यो भन्ने बारेमा भने स्पष्ट रुपमा खुलाइएको छैन ।

भियतनामको परिवार नियोजनसम्बन्धी संस्थाले दिएको जानकारीअनुसार यहाँ गर्भपतन गराउने आमाहरुमध्ये कम्तीमा पनि २ प्रतिशत १९ वर्ष मुनिका युवती रहेका छन् ।

भियतनामा पछिल्ला वर्षहरुमा १९ वर्षमुनिका युवतीमध्ये तीन प्रतिशत गर्भवती हुने गरेका छन् ।

 

– रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *