‘व्लडग्रुप’ ले छुट्याउँछ हैजाको जोखिम ! हैजा भइहाले के गर्ने ?

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

हामीमध्ये धेरैलाई थाह नहुनसक्छ हैजाको लक्षण असर मानिसको रक्तसमूहले पनि निर्धारण र्ग भनेर । तर विभिन्न अध्ययन अनुसन्धानले के देखाएको छ भने रक्तसमूह अर्थात व्लड ग्रुप अनुसार बढी असर र कम असर गर्ने गर्छ ।

शरीरमा भिब्रियो कलेरा नामक जीवाणु हुँदा देखिने हैजालाई कतिपयले प्राणघातक रोगसंग तुलना गर्ने गर्छन् । हालै गरिएको एक अनुसन्धानका अनुसार ओ व्लडग्रुप भएका व्यक्तिलाई हैजाको जीवाणुले बढी आक्रमण गरी कडा लक्षण देखिने गरेको पाइन्छ । त्यस्तै क्रमश व्लड ग्रुुप बी र ए लाई पनि उत्तिकै जोखिम हुन्छ ।

अनुसन्धानबाट रक्तसमूह एबी भएकालाई सबैभन्दा कम जोखिम भएको देखाइएको थियो । ओ व्लड ग्रुप भएको व्यक्तिलाई एक पटक हैजाले संक्रमण गरेपछि अर्कोपटक भने लक्षणको कडापन धेरै न्युन भएको पाइएको थियो । तसर्थ ओ व्लडग्रुप भएका व्यक्तिहरु चनाखो रहनु आवश्यक देखिन्छ ।

हैजा भयो भनेर कसरी थाह पाउने ?
अचानक पानी ( चापलबाट माड निकालेको पानी)जस्तो दिसा लगातार लाग्नु, बान्ता हुन तथा मांसपेशी (खासगरी खुट्टा) बाउडिनु यसका प्रमुख लक्षण हुन् ।

साथै कडा जलवियोजन हुने, विरामी विहोस हुनसक्ने र तुरुन्तै उपार नपाए विरामीको मृत्युपनि हुनसक्ने गर्छ । अन्य लक्षणमा आँखा लठ्ठ पर्ने, छाला सुख्खा हुने तानेर हेर्दा ढिलो स्थितिमा फर्कनु, पिसाव कम देखिनु आदि हुन् ।

यस्तो बेलामा शरीरमा लवणको मात्रा असन्तुलित हुन जान्छ । जसको कारण मांसपेशी बाउडिने गर्दछ ।

हैजा भइहाले के गर्ने ?

हैजाको लक्षण सामान्य देखी कडा प्रकृतिका हुनसक्छन् । ८० प्रतिशतजति संक्रमित लक्षण विहीननै हुन्छन् । सामान्य प्रकृतिको लक्षण भएमा प्रसस्त पुर्नजलिय झोल जीवनजल लिदाँ पनि सुधार भएर जान्छ ।

तर कडा हैजाको लक्षण देखापरे अस्पतालमा तुरुन्त भर्ना गर्नुपर्छ । भर्ना पछि पनि स्लाइन पानी मार्फत शरीरलाई आवश्यक तत्व पूर्ति गर्ने गरिन्छ । विरामीको अवस्था हेरि दिशामा जीवाणुको अवस्था हेरी एन्टिवायोटिक प्रयोग गर्ने गरिन्छ ।

एन्टिबायोटिकले सक्रमित दिशाबाट हैजाको जीवाणुको संख्या पनि घटाउदै लैजान्छ । जसले गर्दा अरु मानिसमा फैलने सम्भावना समेत कम हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *