एमबीबीएस र बीडीएसको शुल्क परिवर्तन हुँदै

shulka

काठमाडौँ, २ साउन – सरकारले एक बर्ष अघि तोकेको एमबीबीएस र बीडीएसको शुल्कमा पुनारावलोकन गर्ने तयारी गरेको छ । गत २६ असारमा बसेको मन्त्रिपरिषदको बैठकले शुल्क पुनाराबलोकन गर्न प्राडा शिबकुमार राईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट डीन, काठमाडौँ विश्वविद्यालयका एसोसियट डिन डा राजेन्द्र कोजु, डा भोला रिजाल, प्राडा जगदीशप्रसाद अग्रवाल, आइक्यानबाट महेश गुरागाई र शिक्षा मन्त्रालयका उच्च तथा प्राविधिक महाशाखाका सहसचिव सदस्य सचिव रहने व्यवस्था छ ।

सो समितिलाई एक महिना भित्र राय सुझाव सहितको प्रतिवेदन शिक्षामन्त्रालयमा बुझाउन भनिएको छ । सो प्रतिवेदनका आधारमा मन्त्रालयले यसै शैक्षिक सत्र देखी लिन मिल्ने शुल्क तोक्ने छ ।

गतबर्ष ३१ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले एमबीबीएस र बीडीएसको शुल्क क्रमश अधिकतम ३५ लाख र १८ लाख तोक्ने निर्णय गरेको थियो । प्रत्येक दुई बर्षमा मुद्रास्फितिलाई ध्यान दिएर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *