शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार, दुई दिन पछि घर फर्कदै

sasanka koirala

काठमाडौँ, २ साउन – नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार आएको छ । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार अबको दुई दिन पछि महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

डा. हरिश जोशीले भने “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।” डा. जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिए ।

महामन्त्री कोइरालाले साधारण खानपान गरेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा. जोशीले बताए । कोेइराला गत असार २१ गते ओम अस्पतालमा भर्ना भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *