किन लाग्छ रिंगाटा ?

dr. kedar centrur
डा. केदार सेन्चुरी जनरल फिजिसियन बीर अस्पताल

तपाईंलाई कहिलेकाँही बसिरहँदा या हिाडिरहँदा घुमाएजस्तो लाग्ने, हल्लाएको जस्तो हुने महसुस भएको हुनसक्छ । यस्तो कसैलाई कहिलेकाँही हुन्छ भने कसैलाई निरन्तर दोहोरिएको पनि हुनसक्छ । जब तपाईंको दिमागमा नियमित मात्रामा रगत सञ्चालन हुन सक्दैन, त्यतिवेला रिंगटा लागेको महसुस हुन्छ ।

यसरी रिंगटा लाग्नुका कारण यी हुन सक्छन् : –

  • कानमा शरीरलाई सन्तुलन राख्ने नसा हुन्छ । सो नसामा समस्या भएका हामीलाई रिंगटा लाग्नसक्छ ।
  • आँखाको समस्याका कारण पनि रिंगटा लाग्छ । यदि हाम्रो रिफ्लेक्टिभ पावरको सन्तुलन नमिलेर कम या बढी भयो भने रिंगटा लाग्नसक्छ ।
  • यदि कुनै कारण दिमागमा रगत जम्न गयो भने पनि रिंगटा लाग्छ ।
  • उच्च रक्तचाप या कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिंगटा लाग्ने हुन्छ ।
  • मुटुको धड्कन कम हुँदा या रगतको सर्कुलेसन नियमित नहुँदा या मुटुले रगत पम्प गर्न नसकेमा ।
  • कडा खालको दुखाइ भएमा । -शरीरमा ग्लुकोजको मात्रा कम भएमा या बढी भएमा ।
  • एक्कासि धेरै तातो ठाउँमा बस्दा या हिँड्दा ।
  • खानपानमा कमी हुँदा ।
  • शरीरमा रगतको कमी भएमा ।
  • कसैकसैलाई बस या प्लेनमा यात्रा गर्दा ।
  • झाडापखाला, बान्ता, उच्च ज्वरो, धेरै गर्मीसँगै पानी कम पिउनाले या बढी काम गर्दा शरीरमा पानी कम भई रिंगटा लाग्नसक्छ
  • जटिल अस्वस्था
  • टाउको दुखेर रिंगटा लागेमा ।
  • बारम्बार रिंगटा लागिरहेमा या लामो समयसम्म लागेमा ।
  • रिंगटा लागेसँगै बेहोस भएमा ।
  • सुन्ने शक्ति र दृष्टिमा फरक परेमा ।
  • हात र खुट्टा कमजोर भएको महसुस भएमा ।
  • सामान्य मानिस सहयोगविना हिँड्न नसकेमा ।
  • छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा ।
  • टाउकोमा चोट लागेमा ।
  • छारेरोग, घाँटी कडा हुने समस्या भएमा ।

यसो गर्नुस रिगांटा लाग्दा 

  • आराम गरेर बस्ने, हलचल नगर्ने ।
  • शारीरिक अवस्था चाँडोचाँडो परिवर्तन नगर्ने ।
  • बढी चम्किलो प्रकाशमा नहेर्ने ।
  • नजिकै रहेको कुनै पनि चिजको सहायता -लिने (समाउने) ।

उपचार तथा रोकथाम 

  • शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने ।
  • शरीरमा जलवियोजन हुन नदिने ।
  • बारम्बार रिंगटा लाग्छ भने बसेर उठ्दा नजिकै रहेको चिज समातेर उठ्ने ।
  • सुतेर उठ्दा पहिले बिस्तारै बस्ने र एकछिन आराम गरेर मात्र उठ्ने ।
  • अचानक उठ्ने, बस्ने वा शरीरको स्थिति परिवर्तन नगर्ने । रिंगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने ।
  • जस्तै– ड्राइभिङ नगर्ने । रुख चढ्ने, पौडी खेल्ने काम नगर्ने । नोट : रिंगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । नयाँ पत्रिकाबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “किन लाग्छ रिंगाटा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *