राष्ट्रपति अलान्दद्वारा निस आक्रमणका घाइतेसँग अस्पताल पुगी भेट

पेरिस, १ साउन –  फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले निस आक्रमणमा घाइते भई अस्पतालमा उपचार गराइरहेका घाइते बिरामीलाई शुक्रबार भेटेका छन्।

फ्रान्सको रिभेरा सहरस्थित एक अस्पतालमा उपचारारतमध्ये करिब ५० जनाको अवस्था गम्भीर रहेको भेटपछि पत्रकारसँग राष्ट्रपति अलान्दले बताए । उनले अस्पतालमा करिब २०० जनाले उपचार गराईरहेको पनि बताए ।

राष्ट्रपति अलान्दले मृतक एवम् घाइते भएकामा कैयौँ विदेशी पर्यटक पनि परेको बताएका छन् । तर उनीहरूको राष्ट्रियता भने खुलीनसकको बताइएको छ । उनले मृतकमध्ये केही कलिला बालबालिकासमेत रहेका बताए।

मृतक तथा घाइते सबैको परिचय खुलिनसकेको बताउँदै उनले भने, उनीहरु फ्रान्सेली नागरिक मात्र नभई युरोपेली, अन्य महादेशका विभिन्न मुलुकका नागरिक रहेको भनी संक्षिप्त जानकारी दिए। रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *