डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

1

काठमाडौँ, १ साउन – डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न तथा सरकार र संसदलाई दवाव दिन अहिले विहान ११ बजे माइतीघर मण्डलाबाट नागरिक समाजको रयाली सुरु भएको छ । सो रयाली नयाँ बानेश्वरसम्म पुग्ने बताइएको छ ।

प्रदर्शनका लागि डा. केसीका समर्थक तथा विवेशशील नेपाली पार्टीका कार्यकर्ताहरु माइतीघरमा जम्मा भएका छन् । उनीहरुले सरकार तथा अख्तियार प्रमुख विरुद्ध नारा लगाएका छन् ।

डा. केसीका सहयोगी  जीवन क्षेत्रीले अनसनको सातौँ दिनसम्म पनि सम्वन्धीत निकायले वास्ता नगरेपछि दवाव दिनका लागि नागरिक समाजद्धारा कार्यक्रम आयोजना भएको बताए ।

डा.  केसी गत २६ असार देखी त्रिवि शिक्षण अस्पताल परिषरमा आठौँ अनसन बसेका छन् । उनको स्वास्थ्य विग्रदै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *