यी हुन् आगामी आर्थिक बर्ष भित्रमा स्वास्थ्य बीमा लागू हुने २५ जिल्ला

रामप्रसाद न्यौपाने/काठमाडौँ ३१ असार – सरकारले यसअघिका १३ सहित आगामी आर्थिक बर्षमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने २५ वटा जिल्लाको छनौट गरेको छ ।

स्वास्थ्य मन्त्रालयको गत १७ असारको मन्त्रीस्तरीय निर्णयद्धारा आर्थिक बर्ष २०७३/ ७४ भित्र बीमा कार्यक्रम सुरु हुने थप १२ जिल्लाको घोषणा गरेको हो । १३ वटा जिल्लाको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । तीन वटामा बीमा कार्यक्रम सुरु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका शाखा अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार छनौट गरिएका १२ वटा जिल्लामा प्रदेश नं १ बाट सोलुखुम्वु र सुनसरी, प्रदेश नं २ बाट महोत्तरी र पर्सा, प्रदेश नं ३ बाट मकवानपुर र सिन्धुली रहेका छन् । त्यस्तै प्रदेश नं ४ बाट गोरखा र तनहुँ, प्रदेश नं ५ बाट बर्दिया र रोल्पा रहेका छन् । प्रदेश नं ६ र ७ बाट भने एक एक वटा जिल्लाहरु क्रमश सुर्खेत र अछाम परेका छन् ।

25 copy

समितिले गतवर्ष नै बीमा कार्यक्रम लागू हुने १० जिल्ला छनौट गरिसकेको थियो । ती जिल्लाहरुमा प्रदेश नं १ बाट झापा, प्रदेश नं २ बाट रौतहट, प्रदेश नं ३ बाट चितवन र भक्तपुर छनौट गरेको थियो । त्यस्तै ४ बाट कास्की र म्याग्दी, प्रदेश नं ५ बाट पाल्पा, प्रदेश नं ६ बाट जाजरकोट र जुम्ला, प्रदेश नं ७ बाट बैडती छनौट गरिसकेको छ ।पाइलटिङ गर्न भन्दै तीन बर्ष अघि नै छनौटमा परेका कैलाली, बाग्लुङ र इलाममा भने बीमा कार्यक्रम सुरु भएको छ । 

समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले भदौसम्म ३ वटै जिल्लाले उपचार सेवा सुरु हुने र त्यसपछि बाँकी छनौटमा परेका नयाँ जिल्लाहरुमा कार्यक्रम सुरु हुने बताए । ‘हामीले मंसिरमा ३ वटा, फागुनमा ५ वटा, जेठमा ७ वटा र असारमा ७ वटा जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने योजना बनाएका छौँ ,’ नेपाली हेल्थसंग डा. लोहनीले भने ।

सरकारले तीन बर्ष भित्रमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने योजना अनुरुप आउदो आर्थिक बर्षमा २५ वटा जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यो बीमा कार्यक्रममा प्रतिपरिबार( ५ जना) २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि ५० हजार रुपैयाँ सम्मको उपचार सेवा पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *