महानगरमा जन्मिन्छन् साढे चार हजार, मृत्यु बाह्रसय २६

mahanagar

काठमाडौँ, ३० असार – देशकै एक मात्रै महानगरपालिका काठमाडौँ महानगरपालिकामा बार्षिक रुपमा करिब साढे चार हजार शिशुको जन्महुने गरेको छ । मृत्युहुनेको संख्या भने एक हजार दुई सय भन्दा केही बढी रहेको तथ्यांक छ ।

महानगरपालिकाले प्रकाशित गरेको बार्षिक प्रतिवेदन अुनसार जन्मनेमा पुरुषको संख्या महिलाका्े भन्दा झण्डै दुईतिहाईले बढी छ । मृत्युदरको अनुपमान पनि झण्डै त्यस्तै छ ।

महानगरले निकालेको २०७२ बैशाख देखी चैत सम्मको विवरण अनुसार ४ हजार ४४६ जनाको जन्मभएकोमा २ हजार ६९२ पुरुष र १ हजार ७५४ महिला रहेको छ । त्यस्तै सोही अवधीमा मृत्यु भएका कुल १ हजार २२६ मध्ये ७४७ पुरुष र ४७९ जना महिला रहेका छन् ।

गतवर्ष असारमा सबैभन्दा बढी व्यक्ति अर्थात ६०२ जनाको जन्म भएको थियो । त्यस्तै मंसिरमा सबैभन्दा बढी अर्थात १९२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । महानगरले एक बर्षको अवधीमा १३ वटा केश सम्वन्ध विच्छेतका लागि परेको उल्लेख गरेको छ ।

त्यसो त यो तथ्यांक महानगर र वडा कार्यालयमा दर्ता गरिएका मात्रै हुन् । यसमा धेरै तथ्यांक लुकेको हुनसक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *