सुर्तीजन्य पदार्थको चेतावनीयुक्त चित्र हटाउन चलखेल

cigeratte

काठमाडौँ, ३० असार – सुर्ती उद्योगको प्रभावमा परी उद्यागेग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सुर्तीजन्य पदार्थको खोलमा अनिवार्य ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने नियम पुनर्विचार गर्न पत्र गरेको छ ।

विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) विपरित उद्योग मन्त्रालयले सो पत्र पठाएको हो । सरकारले एफसिटिसी हस्ताक्षर गरी त्यसलाई लागु गर्ने प्रतिबद्धता जनाएको छ ।

उद्योग मन्त्रालय स्रोतलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिक लेख्छ, ‘सचिव सूर्य सिलवाल र केही कर्मचारीहरु नेपालका सुर्ती उद्योगको प्रभावमा परी स्वास्थ्य मन्त्रालयलाई चिठ्ठी पठाइएको छ ।

यस विषयमा सचिव सिलवालले आफूलाई पत्र बारे जानकारी नभएको प्रतिक्रिया दिएको र मन्त्री सोमप्रसाद पाण्डेले सोही प्रतिक्रिया दिएको नयाँ पत्रिकामा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *