केसीलाई चिकित्सक खटाउँन अस्पतालले माग्यो जिल्ला प्रशासनसँग अनुमति

dr kc

काठमाडौं, ३० असार –  त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन’ रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमइा पठाएका छन् । र बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासनले डा. केसीलाई अनशन नगर्न र अस्पताल प्रशासनलाई अनशनमा सहयोग नगर्न दिएको निर्देशनको पृष्ठभूमिमा यो पत्र पठाइएको डा. महराले बताएको छ ।

 विद्यामान तनाव डा. केसीको स्वास्थ्यवारे मानवअधिकार आयोगको चासो र उनका पक्षधर रिजिडेन्ट चिकित्सकहरुबाटै उनको स्वास्थय निगरानी भइरहेको अवस्था रहे तापनि आफ्ना वरिष्ठ चिकित्सकको स्वास्थयप्रति संवेदनशील बन्नु संस्थाको दायित्व रहेको आत्मसात गर्दै उक्त पत्र पठाइएको प्रशासनले जनाएको छ । – आजको अन्नपूर्णमा समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *